काँग्रेसलाई एकजुट बनाउन सके चुनावमा कसैले हराउन सक्दैनः प्रदीप पौडेल

नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टी एकढिक्का हुन सके आगामी चुनावमा पार्टीलाई कसैले हराउन नसक्ने बताएका छन् । पार्टीमा आन्तरिक एकताको समस्या रहेको स्वीकार्दै उनले त्यस्तो समस्यालाई सुधारेर पार्टीलाई एकढिक्का बनाएर चुनाव केन्द्रीत हुनुपर्ने उनको भनाइ छ ।
नेपाली काँग्रेस नुवाकोट क्षेत्र नम्बर १ (ख) स्तरीय चुनाव केन्द्रीत ‘घर घर जाओैं, काँग्रेस जिताऔँ’ अभियानअन्तर्गत शनिबार ककनीमा समापन गर्दै पौडेलले पार्टीको आन्तरिक प्रतिस्पर्धामा जित्नेहरूले हार्नेलाई पनि समेटेर एकताको भावना प्रस्तुत गर्नुपर्नेमा जोड दिए ।
उनले आन्तरिक प्रतिस्पर्धालाई सामान्य रुपमा लिँदै हार्नेलाई पनि कार्यक्रमहरुलाई समेट्ने अभ्यास हुन सके पार्टी एकढिक्का हुनसक्ने धारणा राखे । तर, अहिले हार्नेको अत्तोपत्तो नहुने परिपाटी रहेको औल्याउँदै उनले यसले पार्टी बलियो हुन नसक्ने धारणा राखे ।
उनले काँग्रेसको प्रतिस्पर्धी कम्युनिस्ट नै भएको धारणा राख्दै भने, ‘चुनाव जित्नका लागि उपविजेताहरुसँगै मिलेर बस्न सक्ने अवस्था हुनुपर्छ । आन्तरिक मञ्चहरूमा काँग्रेस एकै ठाउँमा हुनुपर्छ । जितेका हारेका सबै एकैठाउँमा हुनुपर्छ ।’
काँग्रेस नै मिल्न नसक्दा नै पार्टीले उल्लेखनीय नतिजा ल्याउन नसकेको विगतलाई कोट्याउँदै उनले यसमा सबै पक्ष गम्भीर बन्नुपर्नेमा जोड दिए । उनले पार्टीको अबको मुद्दा आर्थिक विकासको हुनुपर्ने धारणा पनि सो क्रममा राखे । राजनीतिक मुद्दालाई संस्थागत गर्नका लागि पनि आर्थिक विकास अनिवार्य भएको उनको धारणा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध
-
१० बजे १० समाचार : अडियो प्रकरणले लियो ज्यान, अब ईभी किन्न कठिन
-
६० लाख खर्च गरेर २५ जोडीको सामूहिक विवाह गरिने
-
नेपालगञ्जमा भ्यानको ठक्करबाट एक बालकको मृत्यु