झापामा ७० लाखको औषधि बरामद, एक व्यक्ति पक्राउ
शनिबार, २८ फागुन २०७८, २० : ४७
झापाको बुद्धशान्ति गाउँपालिकाबाट ठूलो परिमाणमा औषधिसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम सूर्योदय–३ का ३० वर्षीय सइन्द्र राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।
उनका अनुसार शुक्रबार साँझ ६ः १५ बजे इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले बुद्धशान्ति–४ मा इलामबाट झापातर्फ आउँदै गरेको मे१च ६८३३ नंको पिकअप गाडीमा माथिबाट छुर्पी र घिउको बोराले छोपेर अवैध औषधि ल्याउँदै गर्दा राई पक्राउ परेका हुन् । उनका साथबाट रु ७० लाख ७७ हजार ९४४ बराबरको ११ प्रकारका औषधि बरामद गरिएको छ ।
बरामद औषधि र पिकअप गाडीको मूल्य रु आठ लाख मूल्याङ्कन गरी थप अनुसन्धानका लागि औषधि व्यवस्था विभाग शाखा कार्यालय विराटनगर पठाइने मोरङ पठाउने तयारी भइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय