सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

वर्तमान विषम् परिस्थितिमा सबै मिलेर अगाडि बढ्नुपर्छः वरिष्ठ उपाध्यक्ष ढकाल

शनिबार, २८ फागुन २०७८, १९ : ४३
शनिबार, २८ फागुन २०७८

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अहिलेको विषम् परिस्थितिबाट मुलुकलाई बाहिर ल्याउन सबै मिलेर अगाडि बढ्न आवश्यक रहेको बताएका छन् । चितवन उद्योग वाणिज्य संघको ५५ औँ वार्षिक साधारण सभा तथा अधिवेशनलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले भने, “अहिले मुलुक विसम परिस्थितिमा छ । राज्य, निजी क्षेत्र, बैंक तथा वित्तीय क्षेत्र कुनै एकले अर्कोलाई आरोप प्रत्यारोप गर्ने अवस्था छैन । विषम परिस्थितिमा अर्थतन्त्रका सबै क्षेत्रहरु एकआपसमा मिलेर अगाडि बढ्नुपर्ने आवश्यकता छ ।”

“कोभिड १९ को कारण तथा रुस र युक्रेनबीचको युद्धका कारण पेट्रोलियम, खाद्यान्न लगायत धेरै वस्तुको मूल्य बढेको छ र आउदा दिन अझै कठिन हुने देखिन्छ । यस्तो अवस्थामा एउटा पक्षले अर्को पक्षलाई आरोप लगाउनु भन्दा पनि सबै मिलेर यो विषम परिस्थितिलाई पार लगाउनुपर्छ,” उनले भने । 

आफूभन्दा अगाडि बोल्ने निजी क्षेत्र, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय निकायका तर्फबाट उपस्थित प्रायः सबै वक्ताहरुको एउटै आवाज पाएको र उनीहरु सबैले स्थानीय विकास र पर्यटन प्रवद्र्धनमा निजी क्षेत्रको भूमिका औल्याउनुभएको बताउँदै ढकालले यदि स्थानीय वासिन्दा, राजनीतिक दल, निजी क्षेत्र सबैको समानबुझाई भएमा चितवनलाई राम्रो पर्यटकीय स्थलहरुको रुपमा विकास गर्न सकिने बताए । 

निजी क्षेत्रको विकासमा चितवन उद्योग वाणिज्य संघले खेलेको भूमिकाको प्रशंशा गर्दै, उनले नयाँ कार्यसमितिले थप महत्वपूर्ण भूमिका  खेल्ने विश्वास व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप