बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

भेरी नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता

शनिबार, २८ फागुन २०७८, १९ : ३४
शनिबार, २८ फागुन २०७८

सुर्खेतको भेरी नदीमा नुहाउने क्रममा तीन जना बालबालिका बेपत्ता भएका छन् । सुर्खेतको भेरिगंगा नगरपालिका–११ रामघाट स्थित रानिवगर घाट भेरिनदीमा नुहाउने क्रममा ३ जना बालबालिका बेपत्ता भएका हुन् ।

शनिबार साँझ ५ बजेको समयमा उनीहरू बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । स्थानीयका अनुसार बेपत्ता हुनेहरूमा भेरीगंगा नगरपालिका–११ का १० वर्षीय गंगा खड्का, ८ वर्षीय कृष्णा सिजाली र १० वर्षीय दिनेश बुढा रहेका छन् । हाल प्रहरीका अनुसार बेपत्ता बालबालिकाको नेपाल प्रहरी सशस्त्र प्रहरी बल र स्थानीयले खोजी कार्य जारी राखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप