मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँका विभिन्न स्थानबाट लागूऔषध सहित ५ जना पक्राउ

शनिबार, २८ फागुन २०७८, १८ : ५१
शनिबार, २८ फागुन २०७८

काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ५ सय ७० ट्याब्लेट सहित कैलाली टिकापुर नगरपालिका-७ बस्ने २७ वर्षीय किरण साउदलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

जनकपुरबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.१-०२-००१ ख ८८६४ नम्बरको बसलाई प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । उनीउपर जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।

यसैगरी काठमाडौंका विभिन्न स्थानबाट करिब २९ ग्राम १ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित ४ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कागेश्वरी बस्ने सिन्धुपाल्चोक लिसंखु गाउँपालिका-७ घर भएका २५ वर्षीय रोमन भण्डारी, कागेश्वरी बस्ने दोलखा भिमेश्वर नगरपालिका-५ घर भएका २५ वर्षीया प्रज्ञा कार्की, काठमाडौं महानगरपालिका-३२ बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोक गढी नगरपालिका-४ घर भएका ३८ वर्षीय राजेश नेपाल र काठमाडौं महानगरपालिका-३२ बस्ने भारत पश्चिम बंगाल मेदनापुर देवराथाना बहादुरग्राम घर भएका २९ वर्षीय मिजाहिद राजा रहेका छन् । 

लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले रोमन र प्रज्ञाको कोठाबाट २९ ग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ, २ थान डिजिटल तराजु तथा नगद १ लाख ५० हजार रुपैयाँ सहित पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा उक्त कारोबारमा संलग्न मिजाहिद राजालाई १ सय मिलिग्राम उक्त पदार्थ र राजेश समेतलाई पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप