सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

भट्टराईको प्रतिवेदनमाथि ८ वटा समूह बनाएर छलफल

शनिबार, २८ फागुन २०७८, १८ : ३१
शनिबार, २८ फागुन २०७८

जनता समाजवादी पार्टीको प्रथम संघीय परिषद् बैठकमा समसामयिक राजनीति र जसपाको कार्यदिशासहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गरिएको छ । शनिबार काठमाडौँमा सुरु भएको पार्टीको प्रथम संघीय परिषद् बैठकमा पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले समसामयिक राजनीति र जसपाको कार्यदिशासहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

उक्त प्रतिवेदनमाथि अहिले ८ वटा समूह बनाएर छलफल चलिरहेको जसपाका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले बताए । उनले फागुन २९ र ३० गते बस्ने पार्टीको केन्द्रीय समितिको दोस्रो बैठकमा भने स्थानीय निर्वाचनमा पार्टी कसरी सहभागी हुने भन्ने बारेमा छलफल हुने बताए । विभाग प्रमुख खतिवडाले केन्द्रीय समितिको बैठकमा पार्टीको स्थानीय निकाय निर्वाचन सम्बन्धी निर्देशिकामाथिको छलफल र संगठनात्मक सवालहरूका बारेमा छलफल हुने पनि बताए ।

प्रचार विभाग प्रमुख खतिवडाले भने, ‘समसामयिक राजनीति र जसपाको कार्यदिशा भन्ने राजनीतिक प्रतिवेदन छ । जो संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रस्तुत गर्नुभयो । त्यसमाथि अहिले हामी ८ वटा समूह छलफल सकेर हलमा ल्याएर कमन डिस्कशन गरिरहेका छौँ । भोलि देखिको अन्य महत्वपूर्ण एजेण्डा भनेको स्थानीय निर्वाचनमा पार्टी कसरी सहभागी हुने भन्ने । पार्टीको स्थानीय निकाय निर्वाचन सम्बन्धी निर्देशिकामाथिको छलफल, तेस्रो संगठनात्मक सवालहरू छन् । पार्टीको आन्तरिक जीवनबारे छलफल । समसामयिक राजनीतिमा हाम्रा धारणाहरू के हुन् ? भनेर सामूहिक प्रस्ताव पारित गर्ने भन्ने ४ एजेण्डामा तीन दिनको बैठक केन्द्रित हुन्छ ।’

विभाग प्रमुख खतिवडाले केन्द्रीय समितिको बैठकमा समसामयिक राजनीतिमा पार्टीका धारणाका बारेमा पनि विस्तृत छलफल गर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप