बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

वीरगञ्जका मेयर सरावगी एमालेमा प्रवेश

शनिबार, २८ फागुन २०७८, १६ : ४०
शनिबार, २८ फागुन २०७८

जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरू काठमाडौँको बैठकमा व्यस्त रहेको बेला सोही पार्टीका केन्द्रीय सदस्य एवं वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगी एमालेमा प्रवेश गरेका छन् ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले वीरगञ्जमा एक कार्यक्रमको आयोजना गराई सरावगीलाई प्रवेश गरेका हुन् । उनीसँगै बाराका आदर्श कोटवाल गाउँपालिका अध्यक्ष मुस्ताफा अन्सारी पनि एमालेमा पनि प्रवेश गरेका छन् । मुस्ताफा अन्सारी पनि जसपाका नेता हुन् । मुस्ताफालाई प्रवेश गराउनका लागि अध्यक्ष ओली आफै बारा पुगेका थिए ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय सदस्यमा प्रदीप यादवलाई कारबाही गरेर मेयर सरावगीलाई केन्द्रीय सदस्य बनाएका थिए । तर उनी केन्द्रीय सदस्य मात्र होइन, पार्टी नै त्याग गरेर एमालेमा प्रवेश गरेका छन् । जसपाबाट असन्तुष्ट रहेका सरावगी एमालेबाट टिकट लिएर पुनः महानगरपालिकाको मेयरमा चुनाव लड्ने भएका छन् । एमालेले मेयरको टिकट दिने कन्फर्म गरेपछि सरावगी पार्टी प्रवेश गरेका हुन् । उनले पार्टी प्रवेशपछि सञ्चारकर्मीसँग भने, जसपाभित्रैबाट मलाई असहयोग भयो, काम गर्ने वातावरण नै दिएन त्यही भएर मैले सो पार्टी परित्याग गरेको हुँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप