मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

विश्व साइकल यात्री पुस्कर शाहसँगै केसिएफएनको साइकल र्‍याली

शनिबार, २८ फागुन २०७८, १६ : ३५
शनिबार, २८ फागुन २०७८

किवानिज् नेपाल अन्तर्गतको किवानिज् चिल्ड्रेन फण्ड नेपाल र किवानिज ल्कब अफ राजधानीले विकट जिल्ला पुर्वी रुकुमको एक विध्यालयको पठन सामग्री तथा स्कुल कपडा सहयोग गर्ने उदेश्यले संयुक्त रुपमा विश्व साइकल यात्री पुस्कर शाहसँगै साइकल र्‍यालीको आयोजना गरेको छ । 

कार्यक्रममा किवानिज नेपालका गभर्नर एकराज पन्त, पुर्व गभर्नर मोहन लम्साल, निर्वाचित गर्भनर लक्षमण लम्साल, भाइस गभर्नर तीर्थ कुमार सिँह, प्रमुख सल्लाहकार दामोदर ढकाल, सल्लाकार राजकुमार लामा, सचिव दिपक पौड्याल, कोषाध्यक्ष रामहरी सुवेदी तथा अन्य किवानिज लगायतको उपस्थिति थियो । 

कार्यक्रममा साइकलिष्ट पुस्कर शाहसँगै मिस नेपाल इन्टरनेशनल रोनाली अमात्यको पनि उपस्थिति थियो । कार्यक्रमको सुरु किवानिज नेपालका संस्थापक तथा वर्तमान डिष्टिक गभर्नर एकराज पन्तले गरेका थिए । जावलाखेलबाट सुरु भएको साइकल र्‍याली थापाथली, माइतिघर, बानेश्वर, कोटेश्वर हुदै सातदोवाटोबाट जावलाखेलमा नै पुगेर अन्त्य भएको थियो । कार्यक्रम समापनमा किवानिज नेपालका निर्वाचित गर्भनर लक्षमण लम्सालले धन्यबाद व्यक्त गरेका थिए भने किवानिज चिल्ड्रेन फण्ड नेपालका चेयर शम्सेर पराजलीले सामाजिक कजमा सहभागी भई कार्यक्रमलाई भव्य रुपमा सफल बनाएकोमा विशेष धन्यबाद दिँदै कार्यक्रम समापन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप