बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

एक वर्षभित्र कर्णालीमा १३२ केभी प्रसारणलाइन विस्तार हुन्छ : कुलमान घिसिङ

शनिबार, २८ फागुन २०७८, १६ : २२
शनिबार, २८ फागुन २०७८

नेपाल विद्युत् प्राधिकरणका निर्देशक कुलमान घिसिङले अबको एक वर्षभित्रै १३२ केभी प्रशारण लाइन विस्तार गरिसक्ने बताएका छन् । शनिबार कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीसँगको भेटमा कोहलपुर–सुर्खेतको जोड्ने उक्त विद्युत् प्रसारणलाइन विस्तारमा देखिएका समस्या र समाधानका विषयमा आफू जानकार रहेको बताएका हुन् । 

उनले भने,‘ कर्णालीका साबिकका पाँच जिल्लामा दुई–दुई मेगावाटका सोलार प्लान्ट स्थापना गर्ने प्रक्रियाको पनि थालनी भएको छ।’  उनले कैलालीको सोल्टा र दाङ हुँदै सल्यानबाट समेत ३३–३३ केभी प्रसारणलाइन ल्याउने प्रक्रिया सुरु गरि सकिएको बताए ।

भेटका क्रममा मुख्यमन्त्री शाहीले घिसिङलाई कर्णालीमा विद्युत् उत्पादनको सम्भावना धेरै भएपनि हाल आठ मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको जानकारी गराएका थिए । साथै अहिलेको ३३ केभी प्रसारण लाइनका कारण कर्णालीवासीले विद्युत्को ठुलो समस्या भोगिरहेको कुरा पनि घिसिङ समक्ष राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप