शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचनमा ओली र काँग्रेस नेता बोरामा पैसा लिएर आउनेछन् : झलनाथ खनाल

शनिबार, २८ फागुन २०७८, १५ : ४२
शनिबार, २८ फागुन २०७८

नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले आगामी निर्वाचनमा नेपाली काँग्रेसका नेताहरु र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बोरामा पैसा लिएर आउने बताएका छन् ।

शनिबार ईलाम–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजना गरेको भेलामा बोल्दै नेता खनालले निर्वाचन जित्नका लागि भोट किन्न ओली र काँग्रेस नेता बोरामा पैसा लिएर आउने बताएका हुन् । नेता खनालले केही कांग्रेसी नेताहरुले आगामी निर्वाचनमा खल्तीमा लड्छौँ भन्नुको अर्थ पैसाको बोराको खेल हुने र एक्लै जित्ने सोच बनाएको बताए । यद्यपि उनले काँग्रेस सभापति शेरबहादुर देउवाले भने निर्वाचनसम्म नै गठबन्धन कायम रहने बताउनुभएको उल्लेख गरे ।

उनले एमाले अध्यक्ष ओली पनि चुनावमा पैसाको बोरा बोकेर चुनावमा भिड्ने बताए । एमालेले आफुलाई हराउने रणनीति बनाइरहेको समेत खनालले बताए ।  उनले आफ्नो पार्टी भर्खरै ६ महिनाको भएको बताउँदै पैसा समेत नभएकोले निर्वाचन आचारसंहितालाई सही प्रयोग गरेर चुनावी मैदानमा उत्रिन लागेको बताए । नेता खनालले आफ्ना कार्यकर्ताहरूलाई निर्वाचन आचारसंहितालाई मानेर चुनावी मैदानमा उत्रिन समेत निर्देशन दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप