प्रधानमन्त्री देउवाले दिए मोदीलाई धन्यवाद

person explore access_timeफागुन २८, २०७८ chat_bubble_outline0
file photo

भारतले युक्रेनको युद्धग्रस्त क्षेत्रबाट उद्धार गरेका चार नेपाली शनिबार काठमाडौं आइपुगेका छन् ।  आफ्ना नागरिकको उद्धार गर्ने क्रममा भारतले चार जना नेपालीलाई पनि सँगै ल्याएको थियो ।  उनीहरु भारत हुँदै काठमाडौं आइपुगेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आज भारतीय समकक्षी नरेन्द्र मोदीलाई धन्यावाद दिएका छन् । 


‘चार जना नेपाली युक्रेनबाट भारत हुँदै भर्खर काठमाडौं आइपुगेका छन् । अप्रेसन गंगा अन्तर्गत नेपाली जनतालाई पनि उद्धार गरी ल्याइदिएकोमा प्रधानमन्त्री नरेन्द्र मोदी र भारत सरकारलाई धन्यावाद,’ प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटरमा भनेका छन् ।  



गत फेब्रुअरी २४ का दिन देखि रुसले युक्रेनमाथि सैन्य आक्रमण सुरु गरेको छ । त्यसपछि त्यहाँ रहका नेपालीलाई उद्धार गर्न थालिएको हो । सरकार र गैर आवासीय नेपाली संघको सक्रियतामा हालसम्म साढे पाँच सयभन्दा बढी नेपालीलाई युक्रेनबाट अन्य सुरक्षित स्थानमा सारिएको छ । 



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।