शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बसले कारलाई ठक्कर दिँदा एक पुरुषको मृत्यु

शनिबार, २८ फागुन २०७८, १४ : ३२
शनिबार, २८ फागुन २०७८

पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका–९ थुम्सीमा गएराती बसले कारलाई ठक्कर दिँदा एक जना पुरुषको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बसमा सवार ललितपुरको कुपण्डोलका ६० वर्षीय बासुदेव थापा रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा भरतपुरस्थित सरकारी अस्पतालमा शुक्रबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । 

ना ६ ख ९४५९ नम्बरको बसले प्रदेश ३, ०१, ०२२ च ५८०७ नम्बरको कारलाई  शुक्रबार राति साढे ९ बजे ठक्कर दिएको थियो । दुर्घटनामा संलग्न दुवै सवारी साधनसहित चालकलाई  इलाका प्रहरी कार्यालय गैडाकोटले नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप