चितवनमा मोटरसाइकल दुर्घटना, एकै परिवारका ३ जनाको मृत्यु
शनिबार, २८ फागुन २०७८, १४ : २२

चितवनको ईच्छाकामना गाउँपालिका–२ रमाईलो डाँडामा शुक्रबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय २४ वर्षीय रविन गुरुङ, उनकी फुपू ३० वर्षीया प्रतिभा गुरुङ र प्रतिभाको छोरा ५ वर्षीय आर्यन रहेका छन् ।
उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । शुक्रबार साँझ ५ बजे ईच्छाकामनाबाट शक्तिखोरतर्फ आउँदै गरेको प्रदेश २, ०३, ००२ प ५९८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ सडकबाट अन्दाजी ४ सय मिटर तल खसेको प्रहरी चौकी जुटपानीले जनाएको छ । – न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षित हुन्छ त अनुहारमा कागती दल्नु ?
-
शिक्षक सडकमा : सरकार शयनमा
-
बबई नदीमा प्रशासनले मोटरबोट सञ्चालनमा लगायो रोक
-
निषेधाज्ञा हटेपछि मात्रै एमाले वीरगञ्ज महानगर कमिटिको मतदान हुने
-
नेकोस सातौँ अन्तर्राष्ट्रिय जुडो च्याम्पियनसिप वैशाख पहिलो साता
-
‘संविधान संशोधनभन्दा पनि त्यसको समीक्षा गरेर अघि बढ्नुपर्छ’