सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

चितवनमा मोटरसाइकल दुर्घटना, एकै परिवारका ३ जनाको मृत्यु

शनिबार, २८ फागुन २०७८, १४ : २२
शनिबार, २८ फागुन २०७८

चितवनको ईच्छाकामना गाउँपालिका–२ रमाईलो डाँडामा शुक्रबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय २४ वर्षीय रविन गुरुङ, उनकी फुपू ३० वर्षीया प्रतिभा गुरुङ र प्रतिभाको छोरा ५ वर्षीय आर्यन रहेका छन् । 

उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।  शुक्रबार साँझ ५ बजे ईच्छाकामनाबाट शक्तिखोरतर्फ आउँदै गरेको प्रदेश २, ०३, ००२ प ५९८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ सडकबाट अन्दाजी ४ सय मिटर तल खसेको प्रहरी चौकी जुटपानीले जनाएको छ । – न्युज कारखाना 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप