कोरियाली कम्पनी मोट्रेक्सलाई जग्गा दिनै मुस्किल
शनिबार, २८ फागुन २०७८, १३ : ५५
नेपालमा सवारी एसेम्बल प्लान्ट स्थापना गर्ने इच्छा देखाएको मोट्रेक्सलाई जग्गा उपलब्ध गराउनै हम्मे हम्मे परेको छ । लगानी बोर्डकाअनुसार अहिलेसम्म कम्पनीलाई जग्गा उपलब्ध गराउनै सकिएको छैन ।
बोर्डका अनुसार दक्षिण कोरियाली कम्पनी मोट्रेक्सले प्रस्ताव गरेपनि उद्योग स्थापनाका लागि स्थान छनौट गर्न सकिएको छैन । उद्योगलाई विशेष आर्थिक क्षेत्र (सेज) मा जानलाई निर्यातमा आधारित हुनुपर्ने मापदण्डले असर गरेको छ । त्यसैले स्थापनाको इच्छा देखाएको कम्पनी खोल्नै मुस्किल परेको हो ।
मोट्रेक्सलाई प्लान्ट स्थापना गर्न बुटवल औद्योगिक क्षेत्र भित्रको बुटवल धागो कारखानाको जग्गा दिन उपयुक्त देखिएको थियो । अध्ययनबाट उपयुक्त देखिए पनि त्यहाँ रहेका पुराना मेसनरी प्रतिस्थापनको काम झन्झटिलो भएकाले जग्गा उपलब्ध गराउन सकिएन ।