सात महिनामा २१ खर्ब ३० अर्बको अन्तर बैंक कारोबार
शनिबार, २८ फागुन २०७८, १३ : ४८
चालू आर्थिक वर्ष २०७८/७९ को सात महिना अवधिमा २१ खर्ब ३० अर्ब रुपैयाँ बराबरको अन्तरबैंक कारोबार भएको छ । नेपाल राष्ट्र बैंकबाट सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनअनुसार २१ खर्ब रुपैयाँभन्दा बढीको अन्तरबैंक कारोबार भएको हो ।
यस अवधिमा वाणिज्य बैँकहरूबीच १८ खर्ब ९३ अर्ब २८ करोड रुपैयाँ र अन्य वित्तिय संस्थाबीच २ खर्ब ३६ अर्ब रुपैयाँ कारोबार भएको केन्द्रीय बैंकले जानकारी दिएको छ । गत आर्थिक वर्ष २०७७/७८ को सात महिनामा बैँकहरूबीच ४ खर्ब ९२ अर्ब रुपैयाँ अन्तरबैंक कारोबार भएको थियो ।
उक्त अवधिमा वाणिज्य बैँकहरूबीच ३ खर्ब ६३ अर्ब रुपैयाँ र अन्य बैंक तथा वित्तीय संस्थाहरूबीच १ खर्ब २९ अर्ब रुपैयाँ अन्तरबैंक कारोबार भएको थियो । गत वर्ष विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ महामारीका कारण यस्तो कारोबार बढ्न सकेको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्लाही जिल्ला सभापति सिंहलाई बर्खास्त गर्न माग
-
सर्वोच्चको प्रश्न– सहकारी पीडितको निक्षेप फिर्ता गर्ने सरकारसँग योजना के छ ?
-
औषधी सिफारिसमा स्वास्थ्य मन्त्रीले लिए ‘एक्सन’
-
राष्ट्रिय परिचयपत्र विवाद : पेसीको जानकारी दिने सर्वोच्चको आदेश
-
यस्तो देखियो क्रिसमस ‘इभ’, तस्बिरमा हेर्नुहोस्
-
छविलाई न्यायाधीशको २३ प्रश्न, आरोपमाथि इन्कारी बयान