एक वर्षमा प्रतिब्यारेल ५० डलरले बढ्यो कच्चा तेलको मूल्य
शनिबार, २८ फागुन २०७८, १३ : ३६
![एक वर्षमा प्रतिब्यारेल ५० डलरले बढ्यो कच्चा तेलको मूल्य](https://rpcdn.ratopati.com/media/albums/_111766774_oil-pumpjack_1_VBvl63cXHE.jpg)
एक वर्षको समयमा विश्व बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ५० अमेरिकी डलरले बढेको छ । गत वर्ष २०७७ साल माघ मसान्तको तुलनामा कच्चा तेलको मूल्य प्रतिब्यारेल ५० डलरले बढेको हो । आज विश्व बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११२ अमेरिकी डलरमा कारोबार भइरहेको छ । जबकी, गत वर्षको माघ मसान्तमा यसको मूल्य प्रतिब्यारेल ६२ अमेरिकी डलर थियो ।
खासगरी रुस र युक्रेन बीचको सैन्य भिडन्तले कच्चा तेलको मूल्य निरन्तर बढिरहेको छ । रुस विश्वको तेस्रो ठूलो पेट्रोलियम उत्पादक र दोस्रो ठूलो निर्यातकर्ता हो । पेट्रोलियम पदार्थको उत्पादनमा रुसभन्दा अगाडि अमेरिका र साउदी अरेबिया मात्रै छन् ।