बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

जनता समाजवादी पार्टी संघीय परिषद्को बैठक सुरु

शनिबार, २८ फागुन २०७८, ०६ : ००
शनिबार, २८ फागुन २०७८

जनता समाजवादी पार्टीको संघीय परिषद्को बैठक सुरु भएको छ । परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईको अध्यक्षतामा राजधानीमा बैठक सुरु भएको हो । बैठकमा अध्यक्ष  भट्टराइले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । २३ पृष्ठको राजनीति प्रतिवेदनमा १४ वटा शीर्षक रहेका छन् ।

प्रतिवेदन प्रस्तुत गर्दै भट्टराईले यो दस्तावेज पूर्ण नभएको र पूर्ण दस्तावेज महाधिवेशनमा आउने बताए । ‘महाधिवेशनको तयारी स्वरुप यो दस्तावेज ल्याइएको हो, यसैको आधारमा पार्टी सैद्धान्तिक, वैचारिक रुपमा अगाडि  बढ्छ ।’

प्रतिवेदनमा जसपा र अरु पार्टी बीचको अन्तर र जसपाको अबको कार्यदिशा के हुने लगायतका कुरा समेटिएको उनले बताए । दस्तावेजमाथि सामूहिक छलफल हुने जसपाका कार्यकारिणी सदस्य गंगा श्रेष्ठले बताए । परिषद्को बैठक आज एक दिन मात्र चल्ने छ । भोलिदेखि केन्द्रीय समितिको बैठक बस्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप