बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

तीन दिनपछि सर्‍यो एनआरएनए निर्वाचन, यस्तो छ संशोधित निर्वाचन कार्यक्रम (सूची)

शनिबार, २८ फागुन २०७८, १३ : २१
शनिबार, २८ फागुन २०७८

गैरआवासीय नेपाली संघको निर्वाचन मिति परिवर्तन गरिएको छ । आगामी चैत ७ र ८ गते हुने भनिएको निर्वाचन मिति चैत १० र ११ गतेका लागि तय गरिएको हो । शनिबार एनआरएनए निर्वाचन समितिले एक सूचना जारी गर्दै निर्वाचन मिति सारिएको जानकारी दिएको छ ।

जारी सूचनामा विद्युतीय माध्यामबाट हुने भनि तय गरिएको निर्वाचन प्राविधिक पक्षलाई मध्यनजर गरी चैत  १० र ११ गते (मार्च २४–२५ ) हुने बताइएको छ । सूचनामा सो मितिमा निर्वाचन गर्न उपयुक्त हुने अन्तर्राष्ट्रिय समन्वय परिषदका अख्तियार प्राप्त अध्यक्षबाट लिखित निर्देशन प्राप्त भएको समेत उल्लेख गरिएको छ । 

त्यस्तै समितिले निर्वाचन कार्यतालिका समेत संशोधन गरेको छ । संशोधित कार्यतालिका अनुसार मार्च १२ मा उम्मेदवारको  पहिलो नामावली प्रकाशित गर्ने, सोही दिन उम्मेदवारी विरुद्ध दावी विरोध गर्ने, मार्च १३ मा उम्मेदवारहरूको मनोनयपत्रको  जाँच र उजुर उपर निर्णय गर्ने, सोही दिन उम्मेदवारहरूको दोश्रो नामावली प्रकाशित गर्ने लगायतका रहेका छन् । 

एनआरएनभित्र देखिएको विवादका कारण यसअघि पनि निर्वाचन मिति पटक पटक सरेको थियो ।  

यस्तो छ संशोधित निर्वाचन कार्यक्रम

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप