युक्रेनमा रहेका चिनियाँ नागरिकलाई ११ उडानबाट उद्धार

चीनले युक्रेनबाट आफ्ना नागरिकलाई स्वदेश फर्काइरहेको जनाएको छ ।यसैक्रममा शनिबार मात्र पनि बिहान एक जहाज युक्रेनबाट चीनको हांचाउ आइपुगेको बताइएको छ । सो जहाज स्थानीय समयानुसार आज बिहान ९ः५१ मा सो विमान चीनको जेजियान प्रान्तको हांचाउ विमानस्थलमा अवतरण गरेको समाचारमा जनाइएको छ ।चीन सरकारका अनुसार यसअघि पनि युक्रेनबाट ९ वटा जहाजमा आफ्ना नागरिक चीन ल्याइ सकिएको छ ।
युक्रेनमा थप चिनियाँहरु रहेका र उनीहरुलाई उद्धार गरी ल्याइने चिनियाँ अधिकारीहरुले जानकारी दिएका छन् ।युक्रेनमा दुई हप्ता अघिदेखि रुसले आक्रमण गरिरहेको छ । रुसले उसको शब्दमा युक्रेनमा विशेष सैनिक कारबाही गरिरहेको छ ।
जसका कारण यहाँको जनजीवन अस्तव्यस्त भएको छ । युक्रेनमा रहेका आफ्ना नागरिकलाई पश्चिमा देशहरुले पनि फिर्ता लगिसकेको जनाएका छन् ।रुसले युक्रेनमाथिको हमला अझै नरोकेकाले यहाँका नागरिकले दिन प्रतिदिन असुरक्षित महसुस गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवकाश हुनुभन्दा १२ दिनअघि भट्टराईलाई एआईजीको फुली ‘उपहार’
-
जुम्ला केन्द्रबिन्दु भएर भूकम्प
-
सरकारी गाडीले ट्राफिकको चेकप्वाइन्ट छल्न खोजेपछि कोटेश्वरमा दुर्घटना
-
ज्ञानेन्द्रलाई ओली, देउवा र प्रचण्डको चुनौती : मूर्खता गरे ठुलो मूल्य चुकाउनुपर्ला
-
दिगम्बर झासहित ३ जना दोषी ठहर, १२ जनाले सफाइ पाए
-
१० बजे १० समाचार : बालेनको जवाफी पत्र, कुलमान हटाउन ४ बुँदे थमाइयो