फाइजर खोपले बालबालिकामा ओमिक्रोन भाइरसको जोखिम घटायो
शनिबार, २८ फागुन २०७८, ११ : ५४
कोभिड विरुद्धको फाइजर खोपले बालबालिकामा ओमिक्रोन संक्रमणको जोखिम उल्लेखनीय रुपमा कम गराएको एक अध्ययनले देखाएको छ । संयुक्त राज्य अमेरिकामा भएको एक अध्ययनले फाइजरको दुई मात्रा खोपले यो संक्रमणमा उल्लेखनीय रुपमा कमी गराएको पाइएको बताइएको हो ।
अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रालले गरेको अनुसन्धानबाट यो तथ्य पत्ता लागेको बताइएको छ । यो खोप लगाएका ५ देखि १५ वर्ष उमेर समूहका बालबालिकामा सो अनुसन्धान गरिएको थियो ।
उक्त अनुसन्धान गएको सन् २०२१ को जुलाईदेखि यस वर्षको फेब्रुअरी महिनासम्मको गरिएको थियो । सो अध्ययनबाट फाइजर खोपको दुई मात्रा खोप लगाएका ५ देखि १२ वर्षका बालबालिकामा ओमिक्रोनको संक्रमण ३१ प्रतिशतले कम भएको देखिएको थियो ।
त्यसैगरी १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकामा यो जोखिम ५९ प्रतिशत कम भएको देखिएको सिडीसीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधानमा आदिवासी जनजातिका हक सुनिश्चित : सभामुख
-
गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन सुरु
-
पाथीभरा केबलकार निर्माण विवाद : दुई वार्ता टोलीबिच सकारात्मक छलफल, मंगलबार पुनः बैठक बस्ने
-
मन्त्रिपरिषद् बैठक : अध्यादेशका नियमावली पारित
-
दुधकोशी चुहार–फलाम ढुङ्गा–घोरेटार सडक कालोपत्र सुरु
-
लुम्बिनी प्रदेश स्थापना दिवस : ८ वर्षमा ६ सरकार, ७२ मन्त्री