बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

साताको सेयर बजार– परिसूचक २० अंकले बढ्यो, कारोबार रकम खुम्चियो

शनिबार, २८ फागुन २०७८, ११ : ३९
शनिबार, २८ फागुन २०७८

विगत केही सातादेखि निरन्तर ओरालो लाग्दै २५ सय अंकभन्दा तलसम्म आएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बढ्न थालेको छ । यो साता नेप्से परिसूचक २० अंकले उकालो लागेको हो । साताको ४ कारोबार दिन नै खुलेको सेयर बजार २० अंकले बढेसँगै परिसूचक २५ सय ६६ अंकमा पुगेर रोकिएको छ । गतसाता नेप्से सूचक २५ सय ४७ अंकबाट कारोबार सुरू भएको थियो ।

पाँच कारोबार  दिनमध्ये दुई कारोबार दिनमा भने बजार घटेको थियो । यस्तै, बाँकी दुई कारोबार दिनमा परिसूचक बढेर बन्द हुँदा समग्रमा बजार २० अंकले बढेको हो । बजार २० अंकले बढेपनि यो साता कारोबार रकम भने खुम्चिएको छ । गत साता औसतमा दैनिक ३ अर्बको सेयर कारोबार भएकामा यस साता खुम्चिएर औसत दैनिक २ अर्ब रुपैयाँको कारोबार भएको छ ।

बजारमा सुधारको संकेत देखिएसँगै यस साता नेप्से परिसूचकको पूँजीकरणमा समेत सुधार आएको छ । अघिल्लो साता ३६ खर्ब ७ अर्ब रुपैयाँ बजार पूँजीकरण रहेको नेप्से यो साता २९ अर्बले बढेर ३६ खर्ब ३९ अर्ब रुपैयाँ पुगेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप