आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

कविता : जारी थियो

शनिबार, २८ फागुन २०७८, ०९ : ०९
शनिबार, २८ फागुन २०७८

जारी थियो,
झिसमिसे बिहानमा दौड
पहिलो थिए 
जो पेट भर्नको लागि दौडिरहेका थिए
दोस्रो थिए
जो पेट घटाउनको लागि दौडिरहेका थिए 
जारी थियो,
केटाकेटीहरूको लडाईं
पहिलोको घरमा
म खान्छु भनेर लडिरहेका थिए
दोस्रोको घरमा
म खान्नँ भनेर लडिरहेका थिए

चल्दैथ्यो रिसर्च,
यी दुई घरमा किन यस्तो ?
पहिलोको घरमा 
भाग्य भगवान्ले लेख्छ भन्ने चलन थियो
दोस्रोको घरमा
भाग्य आफै लेख्नुपर्छ भन्ने चलन थियो ।

जारी थियो
आशा प्राप्तिको प्रतिक्षा,
पहिलोको घरमा
मेहनत पश्चातको फलको प्रतिक्षा थियो
दोस्रोको घरमा
देश सुध्रेपछि गर्नुपर्ला भन्ने प्रतिक्षा थियो

जारी थियो,
दुवैको घरमा पूजा
पहिलोको घरमा
जे छ त्यसको लागि धन्यवाद भनेर चल्दै थ्यो
अर्काको घरमा 
मलाई यो चाहियो भगवान् भनेर चल्दै थियो 
चल्न त  केही न केही चलिरहेको हुन्छ
उस्तै उस्तै हुन्छ तर बिल्कुल फरक हुन्छ 
यही फरकले नै 
मान्छेको सबैथोक फरक पारिदिन्छ ।
....

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप