रौतहटमा भारतीय ‘कोल्ड ड्रिंक्स’ सहित गाडी बरामद
शनिबार, २८ फागुन २०७८, ०८ : ४१
![रौतहटमा भारतीय ‘कोल्ड ड्रिंक्स’ सहित गाडी बरामद](https://rpcdn.ratopati.com/media/albums/gadi_msk75NnjzM.jpg)
रौतहटस्थित प्रहरी गस्तीटोलीले अवैध भारतीय ‘कोल्ड ड्रिंक्स’ बोकेको एउटा गाडी बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय गौरको गस्ती टोलीले शुक्रबार साँझ चन्द्रपुर नगरपालिका–५ स्थित सडक खण्डमा रोकी राखेको ना ३ च ९६७७ नम्बरको बोलेरो पिकअप गाडी बरामद गरेको हो ।
चेक जाँच गर्ने क्रममा गाडीमा अवैध ‘कोल्ड ड्रिंक्स’ को १२ सय ६० वटा माउन्टेन डिउको बोतल बरामद भएको रौतहट प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले बताए । ७ लाख रुपैयाँ बराबरको ‘कोल्ड ड्रिंक्स’ र सर्लाही बागमती नगरपालिका –१२ बस्ने बर्ष २० का काशी राम बि कलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।