बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रौतहटमा भारतीय ‘कोल्ड ड्रिंक्स’ सहित गाडी बरामद

शनिबार, २८ फागुन २०७८, ०८ : ४१
शनिबार, २८ फागुन २०७८

रौतहटस्थित प्रहरी गस्तीटोलीले अवैध भारतीय ‘कोल्ड ड्रिंक्स’ बोकेको एउटा गाडी बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय गौरको गस्ती टोलीले  शुक्रबार साँझ चन्द्रपुर नगरपालिका–५ स्थित सडक खण्डमा रोकी राखेको ना ३ च ९६७७ नम्बरको बोलेरो पिकअप गाडी बरामद गरेको हो ।

चेक जाँच गर्ने क्रममा गाडीमा अवैध ‘कोल्ड ड्रिंक्स’ को १२ सय ६० वटा माउन्टेन डिउको बोतल बरामद भएको रौतहट प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले बताए । ७ लाख रुपैयाँ बराबरको ‘कोल्ड ड्रिंक्स’ र सर्लाही बागमती नगरपालिका –१२ बस्ने बर्ष २० का काशी राम बि कलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप