शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

रुसले भन्यो - यूक्रेनी ​अस्पतालमा आक्रमण गरेको छैन

शुक्रबार, २७ फागुन २०७८, २२ : ०६
शुक्रबार, २७ फागुन २०७८

रुसले यूक्रेनको अस्पतालमा आक्रमण नगरेको दावी गरेको छ । शुक्रबार रूसले यूक्रेनी अस्पतालमा आफूले आक्रमण नगरेको दाबी गरेको हो । 

अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूमा रूसी सेनाले यूक्रेनका सबै विद्यालय, अस्पताल र घनाबस्तीका शहरलाई आक्रमणको निशाना बनाएर भग्नावशेषमा परिणत गरिदिएको भन्ने समाचारहरू आइरहेका समय यूक्रेनी अस्पतालमा रुसले कुनै आक्रमण नगरेको बताएको हो । 

यूक्रेनका राष्ट्रपति भेलोदिमिर जेलेन्स्कीले पनि बुधबार अस्पतालमा भएको बम विष्फोटमा एक बालकसहित तीन जनाको मृत्यु भएको बताएका थिए । त्यसलाई रुसले भने अस्वीकार गरेको हो । 

यसैबीच, यूक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लयादिमिर पुटिनले आत्मविश्वासका साथ झुठो बोल्ने गरेका पनि आरोप लगाएका छन्। रुसले यूक्रेनमाथि आक्रमण गर्न सुरु गरेपछि विश्वभर रुसको आलोचना भइरहेको छ । १५ लाख भन्दा बढी यूक्रेनी नागरिक रुसी आक्रमणबाट जोगिन आफ्नो देश छोडेर छिमेकी मुलुकमा पुगेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप