शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘सामाजिक उद्यमशीलता र एसडीजी हासिल गर्न स्वच्छ व्यवसाय आवश्यक’

शुक्रबार, २७ फागुन २०७८, २१ : ५६
शुक्रबार, २७ फागुन २०७८

स्वच्छ व्यवसायी समूहले नेपाली महिलाहरूको आम रूपान्तरणका लागि  आर्थिक संलग्नता बढाउनुपर्ने र यस महिला उद्यमशीलता विकास आवश्यक रहेको जनाएको छ ।‘दिगो विकास लक्ष्य स्वच्छ व्यवसाय तथा सामाजिक उद्यमशीलता’ विषयक छलफल कार्यक्रममा सहभागीहरूले यस्ताो धारणा राखेका हुन्‌ ।

महिला संलग्नता सहितको सामाजिक उद्यमशीलता विस्तारले दिगो विकास लक्ष्य (एसडीजी) हासिल गर्नसमेत योगदान गर्ने सरोकारवालाहरूले समूहले उल्लेख गरेको हो ।  स्वच्छ व्यवसायी समूह २५ वर्ष पुगेको र ११२औं नारी दिवसको अवसरमा उद्यमशीलताको क्षेत्रमा संघर्ष र सफलता हासिल गरेका महिला उद्यमीहरूको समूहगत छलफलमा महिला उद्यमशीलता बढाउन धेरै काम गर्नुपर्ने र बाधाहरूलाई हटाउनुपर्नेमा पनि जोड दिइएको समूहले जानकारी गराएको छ । 

महिला उद्यमलाई बढावा दिन सहज र सहुलियतपूर्ण कर्जा, तालिम, बजार, नविन प्रविधि विकास लगायतका क्षेत्रमा सहयोग गर्न आवश्यक रहेको उनीहरूको भनाइ छ । तर, यस व्यवहारिक र सामाजिक संरचनालाई चिर्न आवश्यक रहेको भन्दै उद्यम गर्दा आफूले भोगेका अनुभव र भोगाइ समेत उनीहरूले बाँडेका थिए । स्वच्छ व्यवसायी समूहका संस्थापक अध्यक्ष मीरा भट्टराईले स्वच्छ व्यवसायले महिला उद्यम, महिलाको आर्थिक शसक्तीकरण र सामाजिक उद्यमशीलता विकास गर्न उल्लेख्य भूमिका खेलेको बताइन्‌ । 

कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय योजना आयोगमा सदस्य सलोनी प्रधान सिंहले महिला उद्यमीले समूहगत छलफलमा उठाएका सवालहरू राष्ट्रिय विकासका नीति, कार्यक्रम र व्यवहार सबै सान्दर्भिक भएको भन्दै यी सवाललाई सम्बोधन गर्न राष्ट्रिय योजना आयोग प्रतिबद्ध रहेको उल्लेख गरिन्‌। स्वच्छ व्यवसायी समूहका अध्यक्ष डा.सुनिल चित्रकारले सामाजिक उद्यमशीलता विस्तार मार्फत महिला तथा विपन्न वर्गको शसक्तीकरण नेपालको स्वच्छ व्यवसाय एक आन्दोलन र अभियानको रुपमा क्रियाशील रहेको र यो क्रियाशीलता आगामी दिनमा पनि जारी रहने बताए ।

कार्यक्रममा स्वच्छ व्यवसाय तथा सामाजिक उद्यमशीलतामा योगदान पुर्याएका महिलाहरूलाई सम्मान गरिएको थियो । नेपालमा स्वच्छ व्यवसाय ३६ जिल्लामा विस्तार भएको छ भने १० हजार व्यक्तिहरू प्रत्यक्ष रुपमा र ५० हजार व्यक्तिहरू अप्रत्यक्ष रुपमा लाभान्वित छन्। लाभान्वित समूहमा महिलाहरूको संख्या बढी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप