गठबन्धनसँग एमाले एक्लै लड्न सक्षम छ : योगेश भट्टराई
शुक्रबार, २७ फागुन २०७८, २१ : ३२

नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराईले वर्तमान गठबन्धनसँग एमाले एक्लै लड्न सक्षम रहेको बताएका छन् । उनले आगामी वैशाख ३० को स्थानीय तहको निर्वाचनमा एमाले एक्लै भएपनि गठबन्धनसँग लड्न सक्षम भएको बताएका हुन् ।
शुक्रबार पार्टीको जनवर्गीय संगठन राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल, कर्णाली प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘आगामी निर्वाचनमा एमाले पहिलो शक्ति केन्द्रका रुपमै अगाडि आउँछ । त्यसका लागि पार्टीका सम्पूर्ण संगठनहरु जिम्मेवारीपूर्वक लाग्न आवश्यक छ ।’
वर्तमान गठबन्धन नै चुनावसम्म जाने–नजाने निश्चित नभएको भन्दै नेता, कार्यकर्तालाई पार्टीका रणनीतिक योजनाहरु अघि सार्न समेत उनले आग्रह गरे । भट्टराईले एमाले नै देश र राष्ट्रको हितमा काम गर्ने पार्टी भएकाले जनताले अझै पनि एमालेको नेतृत्वमा सरकार बनाउन चाहेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तथा पश्चिमी वायुको प्रभाव : कहाँ-कहाँ छ वर्षाको सम्भावना ?
-
भोलेनाथको बार आज कुन राशिलाई कस्तो लाभ ?
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन डलर, दिराम, दिनार र रियालको भाउ ?
-
एम्बाप्पे विनाको खेलमा रियाल विजयी, भाल्भर्डले उभ्याए उपाधि दौडमा
-
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी शर्मालाई
-
संरक्षणको पर्खाइमा सेकुङ ताल