एक वर्षमा नै तयार भयो पिप्ले क्याम्पा रंगशाला
हेटौंडामा निर्माण सुरु गरिएको एक वर्षमै मिनी रंगशाला तयार भएको छ । पिप्ले युवा क्लबको अगुवाइमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ स्थित क्याम्पाडाँडामा निर्माण सुरु गरिएको एक वर्षमा नै पिप्ले क्याम्पा रंगशाला तयार पारिएको हो ।
निर्माण भएको पिप्ले क्याम्पा रंगशालाको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत र वडाअध्यक्ष राजेश बानियाँले उद्घाटन गरेका छन् । रंगशालाको उद्घाटन गर्दै मेयर महतले विकास निर्माण र खेलकुदको क्षेत्रमा हेटौंडा उपमहानगरपालिकाले थुप्रै काम गरेको बताए । उनले जनताको पक्षमा विकास निर्माणको काम गरेकाले देशभरमा नै हेटौंडा उपमहानगरपालिका उत्कृष्ट रहेको बताए ।
उनले सबै जनप्रतिनिधिहरुको साथ र सहयोगबाट सो उपलब्धि हासिल भएको बताए । सबै वडाहरूमा समान रुपमा योजना बाँडफाँड गरेर पक्षपातरहित ढंगबाट नगरपालिका क्षेत्रको विकासमा अफूले अभिभावकीय भूमिका निर्वाह गरेको कारण आज पिप्ले रंगशालाको योजना सफल भएको बताए ।
कानुनमा सबै अधिकार आफूमा निहित रहने व्यवस्था गरेको भएपनि त्यसको सदुपयोग गरेर सबै वडाको जनप्रतिनिधिहरुको विकासमा समेट्न सकेको मेयर महतको भनाई छ । पूर्वराष्ट्रिय बक्सिङ् खेलाडी तथा क्लब अध्यक्ष सुशील घिमिरेको पहलमा स्थानीय व्यक्तिको सहयोगमा सुरु भएको उक्त रंगशाला निर्माण अभियानमा विभिन्न संघसंस्थाले पनि सघाउ पु¥याएका थिए ।
करिब पौने २ करोडमा रंगशाला निर्माण भएको सो रंगशाला निर्माणको लागि हेटौंडा उपमहानगरपालिका र हेटौंडा–५ नम्बर वडा कार्यालय र स्थानीयवासीको तर्फबाट १ करोड ३९ लाख लगानी भएको घिमिरेले बताए ।
विभिन्न सहयोगी संस्था एवम् व्यक्तिहरुबाट प्राप्त भएको करिब ३० लाख रुपैयाँ सहयोग प्राप्त भएको उनले बताए । रंगशालामा करिब ५ हजार दर्शक अट्ने फलामको र कंक्रिटको प्याराफिट निर्माण गरिएको उनले बताए । २० हजार क्षमताको रंगशालाको रुपमा यसलाई विकास गरिने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईंको मुद्दामा बन्दीसहित उपस्थित गराउन आदेश
-
ट्रम्पले भारतलाई दिए यस्तो चेतावनी
-
वर्ष उत्कृष्ट न्यायाधीशबाट दुई न्यायाधीश सम्मानित
-
जसपा नेपालले बोलायो विभाग र भातृ संगठनको बैठक
-
भारतले किन खोल्न थाल्यो उत्तर कोरियामा बन्द भएको दूतावास ?
-
फर्किएका आप्रवासी श्रमिकहरूको पुनः एकीकरणका लागि सचेतना अभियान