जसपाको कार्यकारिणी समितिले टुंगो लगायो राजनीतिक प्रतिवेदन
जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समितिको बैठकले दुईटा राजनीतिक प्रतिवेदन बारेमा छलफल गरेको छ । शनिबारदेखि बस्ने जसपा संघीय परिषद् तथा केन्द्रीय समितिको बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनको बारेमा छलफल गरेको कार्यकारिणी समितिका सदस्य मनिष सुमनले बताए ।
संघीय परिषद्को बैठकमा परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई र केन्द्रीय समितिको बैठकमा पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । ती दुईटा राजनीतिक प्रतिवेदनमाथि छलफल भएको र बैठकमा पेस गर्ने निर्णय भएको उनले बताए ।
१२ वटा एजेण्डामा फागुन १३ गतेदेखि कार्यकारिणी समितिमा छलफल सुरु भएको थियो । स्थानीय तहको निर्वाचन, संघीय परिषद् तथा केन्द्रीय समितिको बैठक, एमसीसीलगायतका विषयमा छलफल गरी कार्यकारिणी समितिले निर्णय गरेको थियो । संगठनात्मक कार्य समीक्षा र समायोजन, केन्द्रीय कार्यकारिणीमा पदपूर्ति, केन्द्रीय कार्यकारिणीको पदनाम र कार्यविभाजन, नेतृत्व प्रणाली, सुज अभियान र मन्त्रीहरुको कार्य समीक्षालगायताका एजेण्डा कार्यकारिणीले टुंग्याउन सकेका छैन । ती सबै विषय केन्द्रीय समितिको बैठकले तय गर्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण