बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

जसपाको कार्यकारिणी समितिले टुंगो लगायो राजनीतिक प्रतिवेदन

शुक्रबार, २७ फागुन २०७८, २० : ५२
शुक्रबार, २७ फागुन २०७८

जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समितिको बैठकले दुईटा राजनीतिक प्रतिवेदन बारेमा छलफल गरेको छ । शनिबारदेखि बस्ने जसपा संघीय परिषद् तथा केन्द्रीय समितिको बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनको बारेमा छलफल गरेको कार्यकारिणी समितिका सदस्य मनिष सुमनले बताए ।

संघीय परिषद्को बैठकमा परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई र केन्द्रीय समितिको बैठकमा पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । ती दुईटा राजनीतिक प्रतिवेदनमाथि छलफल भएको र बैठकमा पेस गर्ने निर्णय भएको उनले बताए ।

१२ वटा एजेण्डामा फागुन १३ गतेदेखि कार्यकारिणी समितिमा छलफल सुरु भएको थियो । स्थानीय तहको निर्वाचन, संघीय परिषद् तथा केन्द्रीय समितिको बैठक, एमसीसीलगायतका विषयमा छलफल गरी कार्यकारिणी समितिले निर्णय गरेको थियो । संगठनात्मक कार्य समीक्षा र समायोजन, केन्द्रीय कार्यकारिणीमा पदपूर्ति, केन्द्रीय कार्यकारिणीको पदनाम र कार्यविभाजन, नेतृत्व प्रणाली, सुज अभियान र मन्त्रीहरुको कार्य समीक्षालगायताका एजेण्डा कार्यकारिणीले टुंग्याउन सकेका छैन । ती सबै विषय केन्द्रीय समितिको बैठकले तय गर्ने भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप