सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

गृहमन्त्री खाण र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

शुक्रबार, २७ फागुन २०७८, २२ : २६
शुक्रबार, २७ फागुन २०७८

गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि चिनियाँ राजदूत होइ यान्छीले शिष्टाचार भेटघाट गरेका छन् । गृह मन्त्रालयमा भएको भेटघाटमा दुई देशबीचको आपसी सम्बन्ध अझै सुदृढ गर्ने विषयमा छलफल भएको थियो ।

भेटमा चिनियाँ उच्च पदस्थ अधिकारीको नेपाल भ्रमणबारे कुराकानी भएको थियो । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणबारे कुराकानी भएको थियो । तर अहिलेसम्म उनको नेपाल भ्रमणबारे औपचारिक निर्णय भएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप