एमसीसीको विरोधमा रहेका विप्लवलाई देउवाले भने–विरोधका कार्यक्रम शान्तिपूर्ण होस्
प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपाका महासचिव विप्लव लगायतका साना कम्युनिस्ट पार्टीलाई विरोधका नाममा अराजक गतिविधि नगर्न आग्रह गरेका छन् । उनले शान्तिपूर्ण विरोधका कार्यक्रम गर्न विप्लवसँगको भेटमा आग्रह गरेको बालुवाटार स्रोतले जनाएको छ ।
शुक्रबार बालुवाटारमा भएको भेटवार्तामा विप्लवले तत्कालीन केपी ओली नेतृत्वको सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न आग्रह गरेका थिए । जवाफमा देउवाले सरकार सहमति कार्यान्वयन गर्न प्रतिवद्ध रहेको भन्दै विरोधका कार्यक्रम शान्तिपूर्ण गर्न आग्रह गरेका थिए । प्रतिनिधिसभाबाट एमसीसी पारित भएपछि विप्लवसहितका साना दलले सडक संघर्ष गर्दै आएको छ ।
यहीबीचमा राजनीतिक लबिङसमेत गर्दै आएका विप्लव आफ्नै ३ बुँदे कार्यान्वयनमा सरकारबाट ढिलाइ भएपछि सोही विषयमा पनि ध्यानाकर्षण गराउन विप्लव बालुवाटार पुगेका हुन् । छलफलमा नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री देउवासहित गृहमन्त्री बालकृष्ण खाण, कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री दिलेन्द्र बडू, गृहसचिव टेकनारायण पाण्डेसहितको सहभागिता थियो भने नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्माको सहभागिता थिए ।
यसअघि गृह मन्त्रालयमा गृहमन्त्री खाण र विश्वकर्माबीच छलफल भएको थियो । सो क्रममा पनि नेपाल सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयनबारे छलफल भएको थियो । छलफलमा नेकपाका प्रवक्ता प्रकाण्डले विभिन्न आरोपमा थुनामा रहेका आफ्ना नेता कार्यकर्तालाई सहमति बमोजिम रिहाइ गर्न आग्रह गरेका थिए । गृहमन्त्री खाणले प्रक्रिया पु¥याएर राजनीतिक गतिविधिमा पक्राउ गरेकालाई रिहाइ गर्न पहल गर्ने बताएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
-
विदेशीलाई खुसी पार्न गलत कुरा स्वीकार गर्ने प्रवृत्ति रोकौँ : पूर्वप्रधानमन्त्री नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण