शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

गृहमन्त्री खाण र नेकपाका प्रवक्ता प्रकाण्डबीच छलफल

शुक्रबार, २७ फागुन २०७८, २० : २८
शुक्रबार, २७ फागुन २०७८

गृहमन्त्री बालकृष्ण खाण र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’बीच छलफल भएको छ । गृह मन्त्रालयमा भएको भेटमा नेपाल सरकार र  नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयनबारे छलफल भएको थियो । 

छलफलमा नेकपाका प्रवक्ता प्रकाण्डले विभिन्न आरोपमा थुनामा रहेका आफ्ना नेता कार्यकर्तालाई सहमति बमोजिम रिहाइ गर्न आग्रह गरेका थिए । गृहमन्त्री खाणले प्रक्रिया पु¥याएर राजनीतिक गतिविधिमा पक्राउ गरेकालाई रिहाइ गर्न पहल गर्ने बताए । खाण र प्रकाण्डबीचको भेटवार्तापछि अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सरकार र नेकपाबीच छलफल भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप