सरकार र विप्लव नेकपाबीच छलफल
शुक्रबार, २७ फागुन २०७८, २० : १४

नेपाल सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच छलफल भइरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सरकार र नेकपाबीच छलफल भइरहेको हो ।
छलफलमा सरकारका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री दिलेन्द्र बडू, गृहसचिव टेकनारायण पाण्डेसहितको सहभागिता छ भने नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट महासचिव नेत्रविक्रम चन्द र प्रवक्ता खड्गबहादुर विश्वकर्माको सहभागिता छ ।
छलफलमा नेकपाले तीन बुँदे सहमति कार्यान्वयनमा तिव्रता ल्याइदिन आग्रह गरेको छ भने सरकारले सहमति कार्यान्वयन गर्न प्रतिवद्ध रहेको भन्दै विरोधका कार्यक्रम शान्तिपूर्ण रुपमा गरिदिन नेकपालाई आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बैंकका ऋणीहरू समस्यामा भए पनि भागेको अवस्था छैन’
-
आन्दोलन थप चर्काउँदै महासंघ, सबै शिक्षक र कर्मचारीलाई काठमाडौँमा आउन अपिल
-
सबै राजावादीहरू एउटै मञ्चमा
-
पाल्पामा जिप दुर्घटना : तीनको मृत्यु, दुई घाइते
-
इरानले सिरियाली नेता असदलाई बचाउन विमान पठाएको नेतान्याहूको दाबी
-
प्रतिनिधिसभा बैठक बस्दै, के–के छन् सम्भावित कार्यसूची ?