पूर्ण खोप लगाएकालाई पीसीआर अनिवार्य नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वास्थ्य मन्त्रालयले कोभिड–१९ संक्रमणको कुनै पनि लक्षण नदेखिएका र पूर्ण खोप लगाएका व्यक्तिहरूलाई पीसीआर टेस्ट अनिवार्य नगराउन सम्बन्धित सबै स्वास्थ्य संस्था तथा अस्पतालहरूलाई निर्देशन दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फागुन २३ गतेको निर्णयानुसार स्वास्थ्य मन्त्रालयले अस्पतालहरुलाई यो सर्कुलर गरेको हो ।
मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार अब उपचारका लागि अस्पताल जाँदा कोभिड–१९ संक्रमणको कुनै पनि लक्षण नदेखिएका र पूर्ण खोप लगाएका व्यक्तिहरूलाई पीसीआर टेस्ट अनिवार्य हुने छैन । यसअघि अस्पतालमा अपरेशन लगायत भर्ना हुनका लागि पीसीआर अनिवार्य चाहिन्थ्यो ।
मन्त्रालयका अनुसार नेपालमा कोभिड–१९ विरुद्धको बुस्टर डोज खोपमात्रै १५ लाख बढीले लगाएका छन् । बुस्टर डोज खोप पूर्ण मात्रा खोप लगाएको ६ महिनापछि अनिवार्य रुपमा लगाउन मन्त्रालयले आग्रह गरेको छ । यस्तै नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको १४ महिनासम्ममा कुल जनसङ्ख्याको ६२.९ प्रतिशतले खोपले लगाइसकेका छन् ।
मन्त्रालयका अनुसार दुई करोड ९१ लाख ९२ हजार ४८० जनसङ्ख्या मध्ये ३ करोड ८५ लाख ४७ हजार ७४९ मात्रा खोप लगाइएको छ । जसमा कम्तीमा एक मात्रा एक करोड ८६ लाख ३ हजार ४५४ जनाले लगाएका छन् भने पूर्ण मात्रा एक करोड ८३ लाख ५२ हजार १२१ जनाले लगाइसकेका छन् । अर्थात् कुल जनसङ्ख्याको ७४.५ प्रतिशतले कम्तीमा एक मात्रा, पूर्ण मात्रा ६२.९ प्रतिशतले लगाएका छन् ।
सरकारले चैत्र मसान्तसम्ममा १८ वर्ष माथिका एक करोड ९९ लाख २२ हजार १६४ जनालाई पूर्ण खोप लगाइसक्ने लक्ष्य राखेको छ । हालसम्म कम्तीमा एक मात्रा खोप १ करोड ८३ लाख ८७ हजार ५२७ जनाले लगाएका छन् भने पूर्ण मात्रा १ करोड ६० लाख १७ हजार २८ जनाले लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अर्थात् ८०.४ प्रतिशत पूर्ण मात्रा र ९२.३ प्रतिशतले एक मात्रा लगाएका छन् ।
सरकारले खोप अभियान सुरु गरेको १४ महिनामा १८ वर्ष माथिका ८०.४ प्रतिशत जनतालाई खोप दिइसकेको छ । लक्ष्यअनुसार अबको एक महिनाभित्र २० प्रतिशत जनसङ्ख्यालाई दिनुपर्ने हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पूर्णबहादुरको सारङ्गी’को गीत ‘रैयाँ चाँदीको’लाई एक करोड भ्युज
-
निता ढुंगानाले निर्माण गरेको फिल्मले अहिलेसम्म कति कमायो ?
-
एमाले प्रदर्शनको तयारीसँगै काठमाडौँको ट्राफिक व्यवस्थापन अस्तव्यस्त (तस्बिरहरू)
-
पाकिस्तान : यात्रुवाहक सवारी साधनमा बन्दुकधारीको आक्रमण, ४० भन्दा धेरैको मृत्यु
-
काठमाडौँका ३ स्थानमा प्रदर्शन : एसएसपीको कमान्डमा ४ हजार प्रहरी परिचालन
-
खेल जीवनबाट सन्न्यास लिए दुई ओलम्पिकका स्वर्ण विजेता ब्राउनलीले