शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा १५ लाख बढीले लगाए बुस्टर डोज खोप, लक्षित समूह कतिले लगाए ?

शुक्रबार, २७ फागुन २०७८, १५ : ००
शुक्रबार, २७ फागुन २०७८

नेपालमा कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको बुस्टर डोज खोप १५ लाख बढीले लगाएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १५ लाख ९२ हजार १७४ जनाले बुस्टर डोज लगाएका हुन् ।  बुस्टर डोज खोप पूर्ण मात्रा खोप लगाएको ६ महिनापछि अनिवार्य रुपमा लगाउन मन्त्रालयले आग्रह गरेको छ । यस्तै नेपालमा कोरेनाविरुद्धको खोप अभियान सुरु भएको १४ महिनासम्ममा  कुल जनसङ्ख्याको ६२.९ प्रतिशतले खोपले लगाएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार दुई करोड ९१ लाख ९२ हजार ४८० जनसङ्ख्या मध्ये ३ करोड ८५ लाख ४७ हजार ७४९ मात्रा खोप लगाइएको छ । जसमा कम्तीमा एक मात्रा एक करोड ८६ लाख ३ हजार ४५४ जनाले लगाएका छन् भने पूर्ण मात्रा एक करोड ८३ लाख ५२ हजार १२१ जनाले लगाइसकेका छन् । अर्थात् कुल जनसङ्ख्याको ७४ं.५ प्रतिशतले कम्तीमा एक मात्रा, पूर्ण मात्रा ६२.९ प्रतिशतले लगाएका छन् ।

लक्षित समूह कतिले लगाए खोप?

सरकारले चैत्र मसान्तसम्ममा १८ वर्ष माथिका एक करोड ९९ लाख २२ हजार १६४ जनालाई पूर्ण खोप लगाइसक्ने लक्ष्य राखेको छ । हालसम्म कम्तीमा एक मात्रा खोप १ करोड ८३ लाख  ८७ हजार ५२७ जनाले लगाएका छन् भने पूर्ण मात्रा १ करोड ६० लाख  १७ हजार २८ जनाले लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अर्थात् ८०.४ प्रतिशत पूर्ण मात्रा र ९२.३ प्रतिशतले एक मात्रा लगाएका छन् । 

सरकारले खोप अभियान सुरु गरेको १४ महिनामा १८ वर्ष माथिका ८०.४ प्रतिशत जनतालाई खो दिइसकेको छ । लक्ष्यअनुसार अबको एक महिनाभित्र २० प्रतिशत जनसङ्ख्यालाई दिनुपर्ने हुन्छ । 

५९.९ प्रतिशत बालबालिकाले लगाए खोप

१२ देखि १७ वर्ष उमेर समूहका ५९.० प्रतिशत बालबालिकाले कोरोनाविरुद्धको खोप लगाएका छन् । ३४ लाख ५ हजार ४५५ जना बालबालिका मध्ये दुई लाख ३० हजार ६६८ बालबालिकाले खोप पूर्ण मात्रा खोप लगाइसकेका छन् । यस्तै, पहिलो मात्रा ९०.० प्रतिशत अर्थात् तीन लाख ८७ हजार १६२ जनाले लगाएका छन् । सरकारले खरिद र अनुदान गरी ४ कारोड ७८ लाख ८२ हजार ८०० मात्रा खोप प्राप्त गरेको छ । खोपहरू कोभिशिल्ड, भेरोसेल, अस्ट्राजेनिका,फाइजर,मोडर्ना, जोन्सन एण्ड जोन्सन खोप लगाइँदै आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप