बैंक/वित्तीय संस्थालाई ४० खर्ब ८६ अर्ब तरलता सुविधा प्रदान
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई ४० खर्ब ८६ अर्ब रुपैयाँ माथिको अस्थाई तरलता सुविधा प्रदान गरेको छ । बैंकले चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा रिपो, स्थायी तरलता सुविधा (एसएलआर) तथा विभिन्न उपकरणमार्फत बैंक तथा वित्तीय संस्थाहरूलाई कूल ४० खर्ब ८६ अर्ब ४ करोड रुपैयाँ उपलब्ध गराएको जनाएको हो ।
यस्तो सुविधा समीक्षा अवधिमा रिपोमार्फत ३ खर्ब ४२ अर्ब ९३ करोड, सोझै खरिद उपकरणमार्फत २७ अर्ब २२ करोड र स्थायी तरलता सुविधामार्फत ३७ खर्ब १५ अर्ब ९० करोड रुपैयाँ प्रवाह गरिएको बैंकले जनाएको छ । यसै अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू) मा अमेरिकी डलर ९० करोड २२ लाख खुद खरिद गरी १ खर्ब ८ अर्ब ३२ करोड रुपैयाँसमेत तरलता प्रवाह गरेको बैंकले जनाएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर २ अर्ब २४ करोड खुद खरिद गरी २ खर्ब ६४ अर्ब ४९ करोड तरलता प्रवाह गरिएको थियो । साथै, सोही अवधियता रिभर्स रिपोमार्फत बैंक तथा वित्तीय संस्थाहरूबाट राष्ट्र बैंकले रिभर्स रिपोमार्फत २८ अर्ब ३५ करोड र निक्षेप संकलन उपकरणमार्फत ३१ अर्ब ६५ करोड गरी कूल ६० अर्ब तरलता प्रशोचन गरिएको समेत बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्से घट्यो, साढे ८ अर्बको कारोबार
-
उद्योगसँग सम्बन्धित ऐन, कानुन र नीतिहरू लगानीमैत्री बनाउँछौँ : मन्त्री भण्डारी
-
न्यायाधीश नियुक्तिमा किन ढिलाइ गरिरहेका छन् प्रधान न्यायाधीश राउत ?
-
थप कानुनहरु संशोधन गर्दै लगानीको वातावरण बनाउनुपर्छ : अध्यक्ष ढकाल
-
वर्ल्डलिङ्कमा फिनिश सरकारी कम्पनी फिनफण्डको एक करोड युरो लगानी
-
क्रान्तिकारी कम्युनिस्ट पार्टीको राष्ट्रिय एकता महाधिवेशन उद्घाटन (तस्बिरहरू)