बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

बैंक/वित्तीय संस्थालाई ४० खर्ब ८६ अर्ब तरलता सुविधा प्रदान

शुक्रबार, २७ फागुन २०७८, १८ : ४२
शुक्रबार, २७ फागुन २०७८

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई ४० खर्ब ८६ अर्ब रुपैयाँ माथिको अस्थाई तरलता सुविधा प्रदान गरेको छ । बैंकले चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा रिपो, स्थायी तरलता सुविधा (एसएलआर) तथा विभिन्न उपकरणमार्फत बैंक तथा वित्तीय संस्थाहरूलाई कूल ४० खर्ब ८६ अर्ब ४ करोड रुपैयाँ उपलब्ध गराएको जनाएको हो ।

यस्तो सुविधा समीक्षा अवधिमा रिपोमार्फत ३ खर्ब ४२ अर्ब ९३ करोड, सोझै खरिद उपकरणमार्फत २७ अर्ब २२ करोड र स्थायी तरलता सुविधामार्फत ३७ खर्ब १५ अर्ब ९० करोड रुपैयाँ प्रवाह गरिएको बैंकले जनाएको छ । यसै अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू) मा अमेरिकी डलर ९० करोड २२ लाख खुद खरिद गरी १ खर्ब ८ अर्ब ३२ करोड रुपैयाँसमेत तरलता प्रवाह गरेको बैंकले जनाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर २ अर्ब २४ करोड खुद खरिद गरी २ खर्ब ६४ अर्ब ४९ करोड तरलता प्रवाह गरिएको थियो । साथै, सोही अवधियता रिभर्स रिपोमार्फत बैंक तथा वित्तीय संस्थाहरूबाट राष्ट्र बैंकले रिभर्स रिपोमार्फत २८ अर्ब ३५ करोड र निक्षेप संकलन उपकरणमार्फत ३१ अर्ब ६५ करोड गरी कूल ६० अर्ब तरलता प्रशोचन गरिएको समेत बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप