पदमा रहुञ्जेल जनताकै काम गरेर बस्छु : मन्त्री आले
![पदमा रहुञ्जेल जनताकै काम गरेर बस्छु : मन्त्री आले](https://rpcdn.ratopati.com/media/albums/prem-ale_RkaSpbFuwr.jpg)
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफू पदमा रहँदासम्म नेपाली जनताकै काम गरेर बस्ने बताएका छन् । उनले आफूले गरेका कामबाट नेपाली नागरिकको शिर निहुरिन नदिने पनि स्पष्ट गरे ।
नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानको शुक्रबार काठमाडौंमा आयोजित छैठौं राष्ट्रिय सम्मेलनमा मन्त्री आलेले भने “म जति समय पदमा रहन्छु, त्यति नै समय देश र नागरिकका हितका लागि नै काम गर्छु । देश र नागरिकभन्दा मेरा लागि ठूलो कुरा अरु केही छैन ।”
मन्त्री आलेले दलित, जनजाति समुदायहरू विगतदेखि राज्यको उत्पीडनमा परेकाले यो समुदायको उत्थानका लागि आफू सधैँ कटिबद्ध रहेको बताए । “दलित समुदायले बनाएका औजारहरु प्रयोग गर्न मिल्ने तर उनीहरुसँग पानी नचल्ने जस्तो विभेदको अन्त गर्नुपर्छ” उनले भने । समाजमा पिछडिएर रहेका दलित, जनजाति समुदायहरुका पक्षमा आफूले विगतदेखि नै वकालत गर्दै आएको उनको भनाइ थियो ।
दलित समुदायको वृत्ति विकास, हकहितका लागि आवश्यक बजेट व्यवस्थापनदेखि अन्य कुराहरूको सहयोगका लागि मन्त्रालय सधैँ सकारात्मक रही काम गर्ने उनले बताए । गरिबी, अशिक्षा तथा विकासको मूलधारबाट बाहिर परेकाले पश्चिमका दलित समुदायको अवस्था झन् दयनीय रहेको मन्त्री आलेको भनाइ थियो । उक्त कार्यक्रममा नेपाली साहित्यका माध्यमबाट जातीय विभेद तथा असमानताका विरुद्ध काम गर्ने तीन जनालाई सम्मान प्रदान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धरानमा ‘प्रदेश प्रिमियर लिग’ फुटबल प्रतियोगिता हुने
-
काम ठप्प पारेर कर्णालीका स्थानीय तहका कर्मचारी आन्दोलन गर्न वीरेन्द्रनगरमा
-
कामपाले सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड उपलब्ध गराउने
-
गाउँदा गाउँदै स्टेजमै भक्कानिएकी एलिनालाई ऋचा शर्माको ढाडस
-
दातृ निकायको सहयोगका आयोजनामा पनि हालत खराब, एमसीसीको सबैभन्दा कमजोर प्रगति
-
महिलाको डिम्बासयबाट १८.६ किलोको ट्यूमर निकालियो