धनी र गरिबका बीचमा हुने विभेदको अन्त्य हुनुपर्छ : उपराष्ट्रपति पुन
उपराष्ट्रपति नन्दबहादुर पुनले शिक्षा र स्वास्थ्यको क्षेत्रमा धनी र गरिबका बीचमा हुने विभेदको अन्त्य हुनुपर्ने बताएका छन् । शुक्रवार २४ औँ अन्तर्राष्ट्रिय आत्मसम्मान तथा आदर दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले शिक्षा र स्वास्थ्यमा धनी र गरिबका बीचमा विभेद भएकाले अन्त्य हुनुपर्ने बताएका हुन् ।
धनीका छोराछोरीहरूले शिक्षा र स्वास्थ्यमा प्रशस्त अवसरहरू पाएको भएपनि गरिबहरुले यस्तो अवस्थाबाट वञ्चित हुनुपरेको उनले बताए । सबैले बिना भेदभाव सर्वसुलभ रुपमा स्वास्थ्योपचार र शिक्षा पाउनुपर्ने उनले बताए ।
उपराष्ट्रपति पुनले भने–‘कुनैपनि रोगहरु त्यसले हुने खाने व्यक्ति अथवा धनी, गरिब कुनैपनि रोगबाट कसैले उपचार पाउने, कसैले उपचार नपाउने जस्ता समस्याहरूको अन्त्य हुनुपर्छ । विभेदको अन्त्य हुनुपर्दछ । र उपचारजस्तो कुराहरुमा सबैको हक समान हुनुपर्छ । यद्यपि हामीले संविधानमा व्यवस्था गरेपनि प्राक्टिसमा लागू गर्न सकिरहेको छैन । खासगरी शिक्षा र स्वास्थ्यको क्षेत्रमा अथाह पैसाहरु खर्च भएको छ । अथाह विभेदहरु छ । हुने खानेका छोराछोरी ठुल्ठूला स्कुलमा, ठुलठुला स्वास्थ्योपचारमा, विदेशमा र हुँदा खानेका छोराछोरी ग्रामीण स्कुलमा पढ्न नपाएर शिक्षाबाट पनि वञ्चित भएको अवस्था छ । उपचारमा पनि त्यस्तै छ । यो व्याप्त विभेदहरुको अन्त्य हुनुपर्छ भन्ने तपाई हाम्रो सबैको आवाज हो ।’
उपराष्ट्रपति पुनले कुष्ठरोग प्रभावित सबै व्यक्तिहरु प्रति समान भाव व्यक्त गर्न र सहयोग गर्न पनि आग्रह गरे । कुष्ठरोगको निर्मुल र प्रभावकारी उपचारका लागि उनले नेपाल सरकारको ध्यानाकर्षण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार