मौद्रिक नीतिमार्फत कडाइ गरिएपछि शेयर धितो कर्जा ७ प्रतिशतले घट्यो
चालु आर्थिक वर्षको मौद्रिक नीतिसँगै अर्थवार्षिक समीक्षामार्फत समेत नियन्त्रण गर्ने नीति लिएसँगै शेयर धितो कर्जामा गिरावट आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्म यस्तो कर्जा लगानी ७ प्रतिशतले घटेको हो । यद्यपि, अन्य हाइयर पर्चेज (घरजग्गा, गाडी लगायत) का क्षेत्रमा जाने कर्जा भने समीक्षा अवधिमा अधिकतम २५ प्रतिशतसम्मले वृद्धि आएको जनाएको छ ।
केन्द्रीय बैंकका अनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १२.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १४.१ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७८ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाह भएको कर्जा २५.३ प्रतिशतले बढेको हो ।
कर्जा लगानीको अधिकतम ६६.८ प्रतिशत घरजग्गा धितोमा प्रवाह भएको तथ्य बैंकले प्रस्तुत गरेको छ । यस्तै, १२.७ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । कृषि क्षेत्रतर्फ १३.६ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ११.८ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ९.३ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १३.८ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ५.६ प्रतिशतले बढेको बैंकले जनाएको छ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा ११.३ प्रतिशतले, ओभरड्राफ्ट कर्जा २१.३ प्रतिशतले, डिमान्ड तथा अन्य चालु पुँजी कर्जा १२.७ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) १३.५ प्रतिशतले र हायर पर्चेज कर्जा ५.५ प्रतिशतले बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण