नेपाल श्रीलंका-११ सँग ९२ रनले पराजित
श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम अन्तिम अभ्यास खेलमा श्रीलंकाका स्टार खेलाडी सम्मिलित श्रीलंका संयुक्त(११ विरुद्ध ९२ रनले पराजित भएको छ । लगातार चौथो खेल खेलेको नेपालले २३३ रनको विजयी लक्ष्य पछ्याएकोमा ३५ ओभर २ बलमा १४० रन बनाउँदा सबै विकेट गुमायो ।
नेपालका ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन बनाए । यस्तै कुशल भुर्तेलले ३२ रन बनाउँदा रोहित कुमार पौडेलले २१ रनको योगदान गरे । यस्तै आरिफ शेखले १३, सोमपाल कामीले ८, आसिफ शेखले ५, दिपेन्द्र सिंह ऐरीले २ रन, विनोद भण्डारी र सगर ढकालले समान एक रन बनाए ।
श्रीलंका संयुक्त-११ का एस दक्सिनाले ३ तथा दिलसान मुनविराले २ विकेट हात पारे । यसअघि टस जितेर ब्याटिङमा आएको श्रीलंका ११ ले ४८ ओभर २ बलमा सबै विकेट गुमाउनुअघि २३२ रनको योगफल बनाएको थियो । श्रीलंका ११ का सदुन विराकोदीले ४९, रमेश निमान्थाले १८, दिल्सान मुनाविराले १४, थिसरा परेराले आठ, चमरा सिल्भाले ६ र उपुल थरंगाले तीन रन बनाए ।
नेपालका दीपेन्द्रसिंह ऐरीले र सागर ढकालले समान तीन विकेट लिए । यस्तै, सोमपाल कामीले दुई र आरिफ शेखले एक विकेट लिए । यसअघि नेपालले पहिलो र दोस्रो अभ्यास खेलमा श्रीलंका नेभीलाई क्रमशः १११ र ८९ रनले पराजित गरेको थियो । बिहीबार भएको चौथो अभ्यास खेलमा नेपालले श्रीलंका पुलिसलाई १४४ रनले पराजित गरेको थियो ।
नेपाली क्रिकेट टिम आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय शृंखला खेल्न १४ मार्चमा श्रीलंकाबाट सिधै युएई जाने तालिका छ । नेपालले लिग-२ अन्तर्गतको आफ्नो तेस्रो शृंखलामा युएई र पपुवा न्यू गिनी (पीएनजी) विरुद्ध खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगानी जुटेसँगै मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु
-
सहकारी अनुसन्धानका लागि ‘आर्थिक अनुसन्धान ब्यूरो’ आवश्यक
-
अन्तर–सीमा अपराध रोक्न सक्रियता बढाउँदै सशस्त्र
-
ओझेलमा राजापानी सिद्धेश्वर महादेव
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
पश्चिमी वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना