स्रोत नखुलेको करिब १९ लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ
मोटरसाइकलको विभिन्न पार्ट र हेल्मेटमा लुकाएर ल्याएको करिब १९ लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी निरीक्षक पंकजकुमार सिंहको कमान्डमा सादा पोशाकका गएको सशस्त्र प्रहरीको टोलीले बौधिमाई नगरपालिका–९ बाट १८ लाख ६३ हजार रुपैयाँसहित भारतको बिहार राज्यमा पर्ने पूर्वी चम्पारन जिल्ला, घोडाशन थानाक्षेत्र अन्तर्गत महुअवा गुरेनवा–२ का दिपनारायण प्रसादलाई पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एवं एसपी ध्रुव कार्कीका अनुसार भारतीय बजार बाट ठुलो परिमाणमा स्रोत नखुलेको नेपाली रुपैयाँ ल्याइरहेको सूचनाको आधारमा गएको टोलीले मोटरसाइकल रोकेर चेकजाँच गर्दा मोटरसाइकलको विभिन्न पार्ट र हेल्मेटमा लुकाएको अवस्थामा उक्त रकम बरामद भएको हो ।
बरामद रकम सहित भारतीय नागरिकलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय गौरमा बुझाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान
-
मलेसियाले दियो विदेशी श्रमिक व्यवस्थापन प्रणालीलाई निरन्तरता
-
स्वास्थ्य सेवालाई मजबुत बनाउँदै आँबुखैरेनी अस्पताल
-
सहिद स्कुलले जित्यो ‘कुलपति रनिङ शिल्ड’ फुटबलको उपाधि