शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

भक्तपुर नगरव्यापी पछिमा बाजा प्रतियोगिता सुरु

शुक्रबार, २७ फागुन २०७८, १६ : ५६
शुक्रबार, २७ फागुन २०७८

‘पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति’ भन्ने नाराका साथ शुक्रबार भक्तपुर दरबार क्षेत्रमा नगरव्यापी पछिमा बाजा प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरे । नगर प्रमुख प्रजापतिले भक्तपुर नपाले बाँसुरी बाजा, धिमाय् बाजा र धाँ बाजा प्रतियोगिताको आयोजना गरिसकेको र यस वर्ष नगरव्यापी पछिमा बाजा प्रतियोगिताको आयोजना गरेको बताए ।

भक्तपुर–३ का वडाध्यक्ष राजकृष्ण गोराले भक्तपुरको कला, संस्कृति संरक्षण गरी जीवन्तता दिई नयाँ पुस्तालाई परम्परागत ज्ञान र सीप हस्तान्तरण गर्ने उद्देश्यले सांस्कृतिक प्रतियोगितामा जोड दिँदै आएको बताए । पछिमा बाजा प्रतियोगिताको उद्घाटन र्‍याली नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा–९ दत्तात्रयमा बेलुन उडाएर सुरु गरेका थिए । र्याली दत्तात्रयबाट सुरु भई इनाचो, गोल्मढी, सुकुलढोका, क्वाछेँ, टौमढी, नासमना, वंशगोपाल, तेखापुखु, इँटाछेँ, खौमा हुँदै नगर परिक्रमा गरी भक्तपुर दरबार क्षेत्रमा पुगी सभामा परिणत भएको थियो ।

र्यालीमा भक्तपुर नपाका जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि, सहकारी संस्थाहरू, टीम, क्लब, पुस्तकालय, संघसंस्था, संस्कृतिप्रेमी, भक्तपुर नपाका कर्मचारीहरू र सहभागी सांस्कृतिक टोलीहरूको सहभागिता थियो ।

र्याली सुरु हुनुअघि भनपा–७ का वडाध्यक्ष उकेश कवां र वडा नम्बर १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखाले पनि कार्यक्रमको उद्देश्यबारे चर्चा गरेका थिए । भक्तपुर नगरस्तरीय पछिमा बाजा प्रतियोगितामा नगरभित्रका ३५ वटा पछिमा बाजा समूहले दर्ता गराएकोमा ३३ वटा बाजा टोलीले भाग लिएका छन् ।

सहभागी बाजा समूह

१.     महेश्वरी बाँसुरी बाजा समूह (ख), भ.न.पा ७
२.    बालाखु बाँंसुरी बाजा समूह, भ.न.पा २
३.    लोकेश्वर सांस्कृतिक समूह, भ.न.पा २    
४.    महाकाली नाच खर्बुजा समूह, भ.न.पा ३    
५.    सिद्धि गणेश बाँसुरी बाजा, भ.न.पा ७    
६.    महाकाली प्याखं मुस्याख्व समूह,    भ.न.पा ३    
७.    श्री नगांचा बाँसुरी बाजा समुह, भ.न.पा १०    
८.    गछें दाफाभजन समूह, भ.न.पा ९    
९.    मुक्ती संगीत प्रशिक्षण केन्द्र, भ.न.पा ५    
१०.    देवी प्याखं,    भ.न.पा ४    
११.    खिंछे दाफा भजन खल, भ.न.पा ५    
१२.    याछें गणेश नौ बाजा दाफा भजन, भ.न.पा ६    
१३.    श्री चोछें छुमा गणेश बाँसुरी बाजा खल, भ.न.पा ६    
१४.    डम्बरेश्वर बाजा खल भजन मण्डल,    भ.न.पा ७    
१५.    झिगु ख्वप बचत बांसुरी बाजा,    भ.न.पा ७    
१६.    श्री नित्यनाथ बाँसुरी बाजा खल, भ.न.पा १०    
१७.    लाकोलाछें जालांचा बाँसुरी बाजा, भ.न.पा ४    
१८.    छुमा गणेश तुछीमला ढल्चा भजन, भ.न.पा ६
१९.    हरिभजन दाफा ब्यासी (क), भ.न.पा २
२०.    श्री कविलाश नृत्य नाथ बाँसुरी, बाजा समूह, भ.न.पा ४
२१.    हरिभजन दाफा ब्यासी (ख), भ.न.पा २
२२.    वाकुपति नारायण नौ दाफा भजन (क), भ.न.पा ९
२३.    महेश्वरी बांसुरी बाजा समूह (क)    , भ.न.पा ७
२४.    साकोलान ङखगुलाँ बाजा खल,    भ.न.पा ९
२५.    तचपाल मको गल्ली बाजा समूह,    भ.न.पा ९
२६.    वाकुपति नारायण नौ दाफा भजन (ख), भ.न.पा ९
२७.    भक्तपुर बचत तथा ऋण सहकारी संस्था, भ.न.पा ९
२८.    नास हैमा बाजा खल, भ.न.पा १
२९.    त्वचा गुरु गणेश समूह, भ.न.पा ९
३०.    कमिचा गल्ली बाँसुरी बाजा समूह, भ.न.पा ९
३१.    समृद्धि कृषि सहकारी संस्था लि. , भ.न.पा ९
३२.    पासा पुचः समू, भ.न.पा ९
३३.    छुमा गणेश बाँसुरी बाजा, भ.न.पा ६
३४.    आकास भैरव नौ बाजा भजन गुठी, भ.न.पा ४
३५. सनराइज बाँसुरी बाजा खलः, भनपा ८​

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप