भारतीय नागरिकको हत्यामा संलग्न २ जना पक्राउ

एक जना भारतीय नागरिकको हत्याको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाजुरा खप्तड छेडेदह गाउँपालिका–२ बस्ने २४ वर्षीय राजेन्द्र बुढा र सोही ठाउँ बस्ने २० वर्षीय भुपेन्द्र बुढा रहेका छन् ।
धनगढी उपमहानगरपालिका–४ शिवपुरी धाम नजिक डेरा गरी बस्ने भारत उत्तर प्रदेश सहेजापुर घर भएका ४२ वर्षीय कुलदीप गुप्ताको हत्याको आरोपमा उनीहरुलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
धनगढी उपमहानगरपालिका–५ केराबारीस्थित सडक किनाराको नालीमा गत सोमबार कुलदीप गुप्ताको शव फेला परेको थियो । सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
धनगढी उपमहानगरपालिका–१ स्थित मिल्कि फन आइसक्रिमका सञ्चालकसँग फागुन २२ गते आइसक्रिम विक्री गरे बापत १ हजार २४० रुपैयाँ बुझी हिँडेका कुलदीपसँग से.१ घ २८६६ नम्बरको अटोमा जाँदै गरेका राजेन्द्र र भुपेन्द्रको पार्कमोड नजिक भेट भएको थियो ।
कुलदीपलाई समेत अटोमा लिएर जाने क्रममा उनीहरुबीच भाडाको बिषयमा विवाद भएको प्रहरीले जनाएको छ ।
उनीहरूबीच हातपात हुँदा कुलदीप सडक छेउ नालीमा खसेपछि भुपेन्द्रले काठको टुक्रा प्रहार गरी हत्या गरेको अनुसन्धानका क्रममा खुल्न आएको प्रहरीले जनाएको छ । उनीहरू माथि ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीयताबाट पछाडि हट्न सक्ने स्थिति छैन : सांसद चन्द
-
‘कोशी एक्सिलेन्स अवार्ड’ साहित्यकार घिमिरेलाई अर्पण
-
आज पनि बढ्यो सुनको मूल्य, तोलामा कतिमा हुँदैछ कारोबार ?
-
प्रादेशिक अस्पतालबाट निजी अस्पतालमा पठाइएका बिरामीको मृत्यु, घटनाको छानबिन गर्न माग
-
हिजो विद्रोहको प्रतीक रहेको झापाबाट आज प्रतिक्रान्तिको खतरा देखियो : प्रचण्ड
-
सवारी चालक अनुमतिपत्रको परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ