भारतीय नागरिकको हत्यामा संलग्न २ जना पक्राउ

person explore access_timeफागुन २७, २०७८ chat_bubble_outline0

एक जना भारतीय नागरिकको हत्याको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा बाजुरा खप्तड छेडेदह गाउँपालिका–२ बस्ने २४ वर्षीय राजेन्द्र बुढा र सोही ठाउँ बस्ने २० वर्षीय भुपेन्द्र बुढा रहेका छन् । 


धनगढी उपमहानगरपालिका–४ शिवपुरी धाम नजिक डेरा गरी बस्ने भारत उत्तर प्रदेश सहेजापुर घर भएका ४२ वर्षीय कुलदीप गुप्ताको हत्याको आरोपमा उनीहरुलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । 



धनगढी उपमहानगरपालिका–५ केराबारीस्थित सडक किनाराको नालीमा गत सोमबार कुलदीप गुप्ताको शव फेला परेको थियो ।  सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।  



धनगढी उपमहानगरपालिका–१ स्थित मिल्कि फन आइसक्रिमका सञ्चालकसँग फागुन २२ गते आइसक्रिम विक्री गरे बापत १ हजार २४० रुपैयाँ बुझी हिँडेका कुलदीपसँग से.१ घ २८६६ नम्बरको अटोमा जाँदै गरेका राजेन्द्र र भुपेन्द्रको पार्कमोड नजिक भेट भएको थियो । 

कुलदीपलाई समेत अटोमा लिएर जाने क्रममा उनीहरुबीच भाडाको बिषयमा विवाद भएको प्रहरीले जनाएको छ । 

उनीहरूबीच हातपात हुँदा कुलदीप सडक छेउ नालीमा खसेपछि भुपेन्द्रले काठको टुक्रा प्रहार गरी हत्या गरेको अनुसन्धानका क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।  उनीहरू माथि  ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।