नेशनल पेमेन्ट स्वीचअन्तर्गत ‘नेपालपे क्यूआर’ शुरू

क्यूआर स्ट्याण्डर्डअनुसार क्यूआर अन्तरआबद्धता कायम गर्नेगरी नेपालपे क्यूआर केही बैंक वित्तीय संस्थाहरूको सहकार्यमा पूर्णरूपमा सञ्चालनमा आएको छ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले नेपालपे क्यूआर थालनी भएको औपचारिक घोषणा गरेको हो ।
नेशनल पेमेन्ट स्वीचअन्तर्गत नेपाल–क्यूआर स्ट्याण्डर्ड अनुसारको क्यूआर अन्तरआबद्धता कायम गर्ने गरी नेपालपे क्यूआर सञ्चालनमा ल्याइएको एनसीएचएलले जानकारी दिएको छ । क्यूआर स्कीमको रूपमा पनि उपलब्ध रहेको नेपालपे क्यूआरले मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्नेछ । यसरी अन्तरआबद्धता कायम गर्न सकिने हुँदा उक्त नेपालपे क्यूआरले नेपालमा क्यूआरबाट हुने भुक्तानीलाई थप प्रवर्द्धन र सहज गर्ने एनसीएचएलले जनाएको छ ।
प्रेस मीटमा उपस्थित रहेका बैंक/वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकका प्रतिनिधिहरूले नेपालपे क्यूआरको प्रवर्द्धन तथा स्वीकार्यता बढाउन आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्‌ । हालसम्म हिमालय बैंक, सानिमा बैंक, समृद्धि फाइनान्समा कनेक्ट आइपीएसलगायत मोबाइल एपबाट क्यूआर स्क्यान गरी कारोबार गर्न सकिने व्यवस्था मिलाइएको छ । सेवा प्रयोगकर्ता संख्या १४ लाख नाघेको एनसीएचएलले जानकारी दिएको छ ।
नेपालपे क्यूआरको पूर्वाधारमा हिमालय बैंक, एन.आइ.सी. एशिया बैंक, कामना सेवा विकास बैंक, समृद्धि फाइनान्स र फोकसवान सोलुसनसमार्फत क्यूआर एक्वायर पनि शुरू भइसकेको छ । हिमालयन बैंक र फोकसवान सोलुसन्सबीच भने मर्चेन्टस्तरको अन्तरआबद्धता कायम गर्ने गरी व्यवस्था मिलाइएको एनसीएचएलले जनाएको छ । जसअन्तर्गत एउटै क्यूआरलाई स्क्यान गरी भिसा, यूनियन पे, अली पे र नेपालपे क्यूआर लगायतका विभिन्न नेटवर्कबाट भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको हो । एनसीएचएलका अनुसार हाल उक्त बैंक वित्तीय संस्था र पीएसपीले नेपालपे क्यूआरमा ५ हजारभन्दा बढी मर्चेन्टहरू आवद्ध छन्‌ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि हिरासतमा सुतिरहेको भाइरल तस्बिर रास्वपा समर्थकले नै खिचेको खुलासा
-
चार बजे मन्त्रिपरिषद् बैठक
-
‘घुम्न जाऊँ बर्दिया’अभियान उद्घाटन
-
रियल म्याड्रिडले चुम्यो फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार