शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

‘उत्तर कोरियाले हालै मात्र अन्तरमहाद्विपीय क्षेप्यास्त्र परीक्षण गर्‍यो’ : अमेरिका

शुक्रबार, २७ फागुन २०७८, १६ : ४५
शुक्रबार, २७ फागुन २०७८

उत्तर कोरियाले हालै मात्र नयाँ अन्तरमहाद्वीपीय​  ब्यालेस्टिक क्षेप्यास्त्र प्रणाली (आईसीबीएम) परीक्षण गरेको अमेरिकाले जनाएको छ । जसलाई अमेरिकाले गम्भीर र भड्काउने खालको भएको जनाएको छ ।

२ फेबु्रअरी र मार्च ४ मा लन्च गरिएको यो क्षेप्यास्त्रले टोही उपग्रहको विकासमा केन्द्रीत रहेको उल्लेख गरेको छ ।

पेन्टागनले यसलाई पूर्ण दुरीको अन्तरद्विपिय लन्चपूर्वको परिक्षणात्मक मात्रै भएको जनाएको छ ।

न्यूनतम दुरी ५५०० किमी सहित आईसीबीएम अमेरिकासम्म पुग्न सक्छ । यी क्षेत्रप्यास्त्रहरु परमाणु हतियार बोक्न सक्नेगरी  तयार पारिएका छन् ।

बिहीबार पेन्टागनका प्रवक्ता जोन किरबीले उत्तर कोरियाले गरेका २ परीक्षणमा नयाँ अन्तरमहाद्विपिय क्षेप्यास्त्र प्रणालीलाई समावेश गरिएको बताएका छन् ।

यस अघि आईसीबीएमको रेन्ज र क्षमता कहिले पनि देखाइएको थिएन । तर यो परीक्षण अर्को पूर्ण क्षमताको परीक्षण संचालन गर्नुपूर्व गरिएको किर्बीले बताएका छन् ।

अमेरिकाले यी परीक्षणप्रति कडा दुःख व्यक्त गरेको छ । यो संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको उल्लंघन भएको उनले बताए । यो परीक्षणले अनावश्यक तनाव र जोखिम सिर्जना गरेको उनको भनाई छ । दक्षिण कोरिया र जापान दुवैले अमेरिकी विज्ञप्तिको पुष्टि गरेका छन् र प्योङयाङप्रति क्षोभ व्यक्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप