सशस्त्रका हवल्दारसहित ११ जना खैरो हेरोइन कारोबारी पक्राउ
काठमाडौंबाट प्रहरीले ठुलो परिमाणमा लागुऔषध (खैरो हेरोइन) सहित ११ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट ३२२ दशमलव ६ ग्राम खैरो हेरोइनसहित ११ जनालाई पक्राउ गरिएको लागु औषध नियन्त्रण व्युरोका एसपी जीवनकुमार श्रेष्ठले रातोपाटीलाई बताए ।
खैरो हेरोइन कारोबार गरेको आरोपमा सशस्त्र प्रहरी बलका एकजना हवल्दारलाई पनि ब्युरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको दमक घर भएका वर्ष २८ का सुनिल ताजपुरिया, भारत घर भएका श्यामल सिंह उर्फ श्याम र मोरङ घर भएका ३९ वर्षीय खगेन्द्र भुजेल छन् । मोरङका दुलारी घर भएका भुजेल सशस्त्र प्रहरीका हवल्दार हुन् । सशस्त्र प्रहरी बल गण नम्बर–२ झापामा कार्यरत भुजेल पनि लागु औषध कारोबारमा संलग्न देखिएको ब्यूरोले जनाएको छ ।
त्यस्तै, पक्राउ पर्नेमा म्याग्दी घर भएका लालबहादुर बुढाथोकी, दोलखा घर भएका कौशल बस्नेत, सिन्धुपाल्चोक घर भएका समिर घले गुरुङ, झापाका अन्जान राई र उनका सहयोगी झापाका संजय लक्सम्बा लिम्बु छन् । त्यस्तै, झापा घर भएका २९ वर्षीय अजय तामाङ उर्फ कर्मा, झापाकै २८ वर्षीय पुकार गुरुङ, ३० वर्षीय प्रविन भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । बयानका आधारमा पुकार र प्रविनलाई झापाको बिर्तामोडबाट पक्राउ गरिएको ब्युरोले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या