शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोभिड - १९ को दुई वर्षपछि विश्व चलायमान

शुक्रबार, २७ फागुन २०७८, १६ : ३०
शुक्रबार, २७ फागुन २०७८

रुस र युक्रेनबीचको युद्धको समयमा विश्वले कोरोना भाइरस (कोभिड-१९) विरुद्ध लडेको विषयलाई बिर्सिएको छ । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ लाई महामारी घोषणा गरेको पनि २ वर्ष बितिसकेको छ ।

कोभिड - १९ २ वर्षदेखि रहिरहेको छ । यो एउटा भूकम्पीय जस्तै प्रलयकारी घटना हो, जसले लाखौ मानिसलाई प्रभावित बनाएको छ । कोभिडले आफन्त गुमाएकाहरुको टाउको दुखाइको विषय भएको छ । यस्तै महामारीका कारण भएको लकडाउनले पूर्णरुपमा व्यवसायबाट विस्थापित भएका साना ठूला व्यवसाय चिन्तित भएका छन् ।

यसले जीवन यापनलाई पनि अस्तव्यस्त नै बनाएको छ । कोभिड-१९ ले मानिसको मानसिक र शारीरिक स्वास्थ्यमा परेको प्रभावलाई पूर्णरुपमा चेक जाँच गर्नुपर्ने देखिन्छ । विश्व स्वास्थ्य संगठनले २०२० को मार्च ११ मा कोभिडलाई महामारीको रुपमा घोषणा गरेको थियो । हालसम्म ४ करोड ५२ लाख जनामा कोभिडको संक्रमण देखिएको छ भने ६० लाख मानिसको मृत्यु भएको जोहन  हपकिन्स युनिभर्सिटीले जारी गरेको तथ्यांकले देखाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप